भोलि सर्लाही-४ जाँदै सभापति गगन थापा
0Shares
काठमाडौं, माघ १०-
नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ मा भोलि सभापति गगन जाने भएका हुन् ।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति गगनले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिएका थिए।
थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेको बताए। ‘तपाईंहरूको भर परेर म सर्लाही–४ बाट निर्वाचन लड्न आएको हुँ,’ उनले भने।
0Shares
सम्बन्धित खवर
-
नवलपरासी – नेपालको जल पर्यटनमा ...
-
काठमाडौँ, माघ १८- चलचित्र ...

















