0Shares

बरहथवा (सर्लाही), माघ ६- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहनुभएको नेता श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले जानकारी दिनुभयो ।

यस क्षेत्रबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गरी नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित हुनुभएको थियो ।

यस पटक पनि यस क्षेत्रबाट नेकपा एमालेबाट पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साहको उम्मेदवारी परेको छ । रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement