2.3K+Shares

व्यवसाय, समाजसेवा, राजनीति र घरपरिवारलाई राम्रोसँग व्यवस्थापन गर्दै आम महिलाहरुका लागि जीवन जिउने आधार बन्न सक्नु एक महिलाका लागि सामान्य कुरा होईन । महिलाहरुलाई सशक्त बनाउँदै आर्थिक रुपमा बलियो भए मात्रै अगाडी बढ्न सकिन्छ भनेर पछाडी परेका महिलाहरुलाई अगाडी ल्याउन पुलको काम गर्ने एक सशक्त व्यक्तिको नाम हो–रजनी मास्के ।
आजका महिलाहरू आफूलाई आर्थिक रूपमा सबल बनाउन कटिबद्ध देखिन्छन् । सानो व्यवसाय नै किन नहोस्, उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्छन् । आफ्नो निर्णय आफैं गर्न चाहन्छन् । अनि व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न चाहन्छन् । यस्तै केही गर्न चाहने महिलाहरुका लागि एक विकल्प पनि हो– नारायणगढमा रहेको कोशेली घर ।
विगत दश वर्ष अगाडि नै रजनीको एउटा सपना थियो । रजनीको त्यो सपना अहिले पुरा भएको छ, त्यही कोशेली घरमार्फत । महिलाहरुलाई सानै किन नहोस्, उद्यमी बनाउने उद्देश्यका साथ उनको पहलमा उद्योग वाणिज्य संघ चितवनले सञ्चालन गरेको कोशेली घर अहिले उद्योगमा प्रवेश गर्न चाहने महिलाहरुलागि प्रवेशद्वार भएर जन्मेको छ ।
आफूले पनि लामो समयदेखि व्यापार व्यवसाय हाँँक्दै आएकी रजनीलाई अन्य महिलाहरुलाई पनि व्यापार व्यवसायमा ल्याउन मन लाग्यो । दुरदराजमा रहेका महिलाहरुको आर्थिक पाटो उकास्न मन लाग्यो । आफ्नै घर बारिमा उत्पादन गरेका अर्गानिक सामाग्रीहरु बेच्नका लागि बजार देखाउन मन लाग्यो । अनि यसैकारण पनि सञ्चालनमा आएको हो–चितवन कोशेली घर ।
बि.सं. २०२३ साल पौष ५ गते तनहुँँको बन्दीपुरमा बुबा स्वर्गीय झलक नारायण श्रेष्ठ र आमा राजकुमारी श्रेष्ठको माईली सन्तानको रुपमा रजनीको जन्म भएको हो । चार दाजु भाई र ३ दिदी मध्यकी एक उनी अन्य भन्दा सानैबाट फरक सोँचकी थिईन् । उनलाई सामाजिक हरेक गतिविधिको पहिलेदेखि नै चासो हुन्थ्यो । धनी र गरीब बीचको खाडल उनलाई मन पदैनथ्यो ।
शिक्षीत परिवारमा जन्मेका कारण पनि उनले शिक्षक दाजु द्वारिका श्रेष्ठसंग रहेर अध्ययन गर्ने अवसर पाईन् । बन्दीपुरमा जन्मिए पनि शिवरामपुर र दमौलीमा गरेर उनले विद्यालय तह पार गरिन् ।
विद्यालय तहबाट नै कम्युनिष्ट राजनीतिमा होमिईन् । निर्मला माध्यमिक विद्यालय दमौलीमा ९ सय ७५ जना विद्यार्थी नेविसंघ र २५ जना अखिल मात्र हँुदा पनि कहिल्यै हार नखाईकन चुनावमा होमिएको उनलाई आजै जस्तो लाग्छ । नेविसंघको बाहुल्यता रहेको त्यस विद्यालयमा उनीहरुले चुनाव जित्न गाह्रो हुन्छ भनेर थाहा हुदाहुदै पनि चुनावमा होमिने साहस आफूहरुमा भएको उनी सम्झििछन् । बाल्यकालबाट नै नाच, गान, खेलकुदमा सहभागिता जनाउदै उनले विभिन्न पुरस्कार हात पार्दै आईन् । उनले ३०३८ सालमा वीरेन्द्र शील्ड भलिवल प्रतियोगितामा क्याप्टेनको भूमिका निर्वाह गरेर आफ्नो समुहलाई पहिलो बनाउन सफल भईन् । पहिलो समूह जापानमा हुने प्रतियोगितामा भाग लिन जान पाउने व्यवस्था भए पनि पारिवारिक कारणले गर्दा उनले सो अवसर गुमाउन पुगिन् । नेवार समुदाय, त्यसमाथि छोरी । तर सानै उमेरबाट नेतृत्व गर्न सक्ने खुबीका कारण उनी नेवार समुदायको छोरी भएर छोरा सरह अगाडी बढ्दै गईन् ।
विद्यालय तहमा जेहेन्दार छात्र रजनी २०४१ सालमा दोस्रो श्रेणीमा एसएलसी पास भएसँगै चितवनको वीरेन्द्र क्याम्पसमा आएर आई पढ्न थालिन् । वीरेन्द्र क्याम्पसमा पनि उनको राजनीतिले निरन्तता पायो । दमौलीको विद्यालय जस्तै वीरेन्द्र क्याम्पसमा पनि नेविसंघको वर्चश्व रहेको उनको अनुभव छ । क्याम्पस भर्ना भएको करिब एक वर्षमा नै विवाहबन्धनमा बाँधिन पुगेपछि उनका धेरै प्रतिभाहरुले पुर्णविराम पाए ।
रजनी आफ्नोे घरमा शुद्द बुहारी भएर घर परिवार अनि बालबच्चाको रेखदेखमा रहन थालिन् । समयक्रमले उनलाई तीन छोरी र एक छोराको आमा बनायो । श्रीमान सरोज मास्के, ससुरा स्वर्गीय सुर्य बहादुर मास्के र सासुआमा ईन्दीरादेवी मास्केको छत्रछायामा रमाउँदै जादा उनले आफ्नो प्रभाव पनि नयाँ घरमा पार्न सफल भईन् । घरमा बुहारी भन्दा उनी छोरीको रुपमा प्यारी हुन थालिन् । ससुरा बुबाको मनमा यसरी बस्न सफल भईन कि उनलाई घर बाहिर ल्यानुपर्छ भनेर ससुरा विभिन्न कार्यक्रममा जाँदा बुहारीको नाम टिपाएर आउन थाले । रजनीलाई पनि ‘के खोज्छस् कानो आँखा’ भने जस्तै भयो । उनी बिहान बेलुका घरको काम गर्दै दिउँसो घर बाहिर निस्कन थालिन् । समाजसेवी र राजनीति गर्ने ससुरा त्यसमा नेतृत्व गर्न सक्ने बुहारी भएपछि ससुरा बुबाको हरेक नजरमा उनी पर्न थालिन् ।
रजनीले चाहेर पनि धेरै समय भने बाहिर दिन पाईनन् । सासुआमा पढाउने । घरमा श्रीमान, नन्द देवर बालबच्चा सबै पढ्ने भएपछि मास्के परिवारले आफ्नो घर खर्च चलाउनका लागि सानो पुस्तक पसल खोल्यो ।
बि.सं. २०४५ सालमा २५ हजार घरको र २० हजार ऋण गरेर ४५ हजारमा मास्के पुस्तक पसल सञ्चालनमा आयो । करिब तिन दशकको यस अवधिमा यस मास्के पुस्तक पसल मास्के पुस्तक भण्डारमा परिणत भएको छ भने एकै सिजनमा करोडौ आम्दानी गर्न समेत सफल भईसकेको छ । घर परिवारका सहयोगी बाहेक १३ जना कर्मचारी यस पुस्तक भण्डारमा बिसौ वर्षदेखि काम गरिरहेका छन् ।
करिब ३ दशकदेखि पुस्तक व्यवसायमा सक्रिय रजनी मास्के चितवन जिल्लाकै एक सफल व्यवसायीमा दरिएकी छिन् । सकेसम्म पुस्तक खोज्न आएका ग्राहक नफर्किऊन् भन्ने ध्येयले रजनीले पुस्तकको प्रकारमा पर्याप्त ध्यान पु¥याएकी छिन् । त्यति मात्र नभएर महिला एवं बालबालिकामा पढ्ने बानीको विकास गर्न उनले विभिन्न उत्प्रेरणामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेकी छन् । पुस्तक चयन, डेलिभरी, नयाँ सामग्रीको खोजी, ग्राहकसँगको डिलिङ आदि सबै समय अनुकुल परिवर्तन हुन सकेर नै रजनी आज यो स्थानमा आएकी हुन् ।
व्यवसाय गर्दै जाँदा थुप्रै समस्या आए पनि ती समस्यालाई सहजै चिर्न सफल रजनी व्यवसाय गर्न चाहने हरेक महिलाका लागि आदर्श हुन् ।
सानै उमेरबाट घरमा रहेको पसलमा जानी नजानी व्यापार गर्दै आएकी उनलाई व्यापार गर्ने शैली राम्रोसँग थाहा थियो । मिठो बोली, हँसिलो अनुहार र सबै जनासंग मिल्न सक्ने खुवीले गर्दा उनलाई व्यापारमा अगाडी त बढायो नै, विभिन्न संघ संस्थामा अवसर पनि दिलायो । विशेष गरेर नेवार समुदायमा छोरी बुहारी घरमा नै बस्ने हो र घरको काम गर्ने हो भन्ने मानसिकता तत्कालिन समयमा थियो । उनी त्यही समुदायकी भएका कारण अनेक कुरा उनले र उनको परीवारले सुन्नु पर्यो । जती कुरा उनी सुन्थिन्, त्यसलाई शक्तिमा बदल्ने शाहस उनीमा थियो । कडा मेहनत र त्यो स्थानसम्म पुगेर देखाउँछु भन्ने अदम्य साहसले आज उनलाई समाजसेवा, राजनीति र व्यापारमा चिनाएको छ । रजनी मास्के व्यवसायी मात्र होइनन्, चितवन जिल्लामै नाम चलेकी समाजसेवी पनि हुन् । घर परिवार सम्हाल्दै उद्यममा संलग्न महिलाहरुको लागि उनी प्रेरणाकी श्रोत हुन् । उनका अनुसार व्यवसाय र परिवारको सन्तुलन गरेर अगाडी बढ्न सकेमा सफलता अबश्य हात लाग्छ ।
रजनी महिलाको सशक्तीकरण एवं उन्नतिका लागि समेत प्रयासरत छिन् । महिलाद्वारा सञ्चालित चितवनकै पहिलो नारी अभ्युदय केन्द्रकी पूर्वअध्यक्ष हुन सफल उनीसँग विभिन्न संघ सस्थामा रहेर काम गरेको अनुभव छ । उद्योग वाणिज्य संघ चितवनको चार कार्यकालसम्म महिला सदस्य, नारायणी कला मन्दिरमा तीन कार्यकाल सदस्य, हाम्रो घरको सदस्य, सामुदायकि सेवा केन्द्रको संस्थापक सदस्य, आदर्श गृहको कार्यसमिति सदस्य, मौलाकालिका मन्दिर संरक्षण समितिको कार्य समिति सदस्य लगायत एक दर्जन बढी संघ संस्थामा उनको आवद्धता रहेको छ ।
बहुप्रतिभाकी धनी रजनी तत्कालिन भरतपुर महानगरपालिकाको नगर सदस्य हुन् । उनी विगत सम्झदै भन्छिन्–‘नगरसभाको लागि भोट माग्दै हिडेको थिएँ । तर आफ्नै समुदायबाट धेरै कुरा सुन्नु पर्यो । घरमा भात पकाएर नबसेर के गरेको भनेर ससुरा बुबालाई सुनाउनेसम्म भयो । तर म चुनावमा उठ्ने कुरा मलाई थाहा नै नदिई बुबाले नाम टिपाएर आउनु भएको थियो ।’
पटक पटक बुबाको नाम भन्दा उनका आँखा रसाएका थिए । करिब सात महिना अगाडी मात्र स्वर्गारोहण भएका ससुुरा बुवालाई आफ्नो जीवनको मार्गदर्शक मान्छिन् उनी ।
सशक्तीकरणको मुख्य पाटो मानिने आर्थिक क्षेत्रमा मोफसलका महिला अब्बल देखिन्छन् । उनीहरूका अनुसार आर्थिक सबलीकरण नै महिला सशक्तीकरणको सबैभन्दा ठूलो हतियार हो ।
आफ्नो कमाईमा बाँच्नु र श्रीमानको आयमा परनिर्भर हुनुमा निक्कै भिन्नता छ । आर्थिक सशक्ततताले निर्णायक भूमिकामा खरो उत्रन सक्षम बनाउने हुँदा रजनी हरेक महिलाहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउन चाहन्छिन् ।
रजनीले विभिन्न सम्पन्नशाली मुलुकहरुको भ्रमण गरेकी छन् । त्यहाँका महिलाहरुको समय व्यवस्थापन गर्ने शैली उनलाई अत्यन्तै मन पर्छ । नेपालका दिदीबहिनीहरुले पनि राम्रोसँग समयको महत्व बुझदै उद्देश्य लिएर अगाडी बढेको खण्डमा सफलता आफ्नै हातमा रहेको उनको भनाई छ ।
उनले अमेरिका, सिंगापुर, मलेसिया, भारत, थाईल्याण्ड, ईटली, नेदरल्याण्ड, स्वीजरल्याण्ड, जर्मनी, पेरीस, अष्ट्रीया लगायतका देशहरुको भ्रमण गरेकी छन् भने अब केही समयमा नै अष्ट्रेलिया जाँदैछिन् । घरमा सासुलाई आमा समान र ससुरालाई बुबा समान व्यवहार गरेकै कारण आफु सधै अगाडि बढ्न र घर बाहिरबाट बाहिर निस्कन सफल भएको बताउने रजनी सफलतामा श्रीमानको पनि उत्तिकै हात रहेको बताउँछिन् । उनी घरमा सबै पक्षको व्वस्थापन गरेर बाहिर गएपछि फेरी दिदी बहिनीहरुले कुरा काट्ने र खुट्टा तान्ने प्रवृत्तिका कारण स्वयम् महिलाहरु नै धेरै कुरामा पछाडी परेको उनको धारणा छ ।
राजनीतिमा लाग्ने ठूलो सोख हुँदाहुँदै पनि अहिले उनी धेरै सामाजिक संघसंस्थामा आवद्ध हुन पुगेकी छन् । उनी भन्छिन्–‘पहिला महिलाहरु स्वयम्ले महिलाहरुको मन जित्न सक्नु पर्छ । त्यसमा पनि अझै जति आधुनिकताका कुरा गरे पनि महिलाहरुको समस्या बिकराल छ ।’
सामाजिक संघ संस्थामा आउँदा समय गएको उनले पत्तै पाउँदिनन् । अथक मेहनत पश्चात आफूलाई एक सफल महिला उद्यमीको रुपमा उभ्याएर राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रलाई सँगसँगै उनले अगाडि बढाउँदै आएकी छन् । राजनीतिलाई पेशा होईन समाजसेवाबाट अगाडि बढाउनुपर्छ र जनताको हकहितको लागि लड्नुपर्छ भन्ने सोँच लिएर उनी हिँडेकी छिन् । यसर्थमा पनि उनलाई यस समाजको एक प्रतिनिधि पात्रको रुपमा उभिएकी महिला उद्यमी, राजनीतिकर्मी तथा समाजसेवी भन्न सकिन्छ ।

2.3K+Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement