43Shares

भरतपुर। लायन्स डिस्ट्रिक्ट ३२५ आर नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र २४ गते हुदैछ । चितवनको नारायणगढ स्थित दियालो फुड ल्याण्डमा हुन गईरहेको महाधिवेशनको तयारी तिब्र पारीएको छ । यस महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्न विभिन्न भेला तथा बैठकहरु भईरहेका छन् । लायन्सको ईतिहाँसमा नै पहिलोपटक महिला संयोजक दुर्गा लक्ष्मी श्रेष्ठले महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउँनु भएको छ ।

 

दुर्गा लक्ष्मी श्रेष्ठ दोस्रो राष्ट्रिय सम्मेलनको मुल संयोजक (कन्भेनर) भएर महाधिवेशनको तयारी गदैगर्दा उहाँले विभिन्न उपसमितिहरु बनाएर कामलाई अगाडी बढाउनु भएको छ । यस महाधिवेशनमा २३ वटा समितिहरु निर्माण गरिएको उहाँको भनाई छ । आठ बटा समिति स्थायी समिति छन् जो विधानसम्मत समितिहरु रहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “बाँकि १५ वटा समितिहरुले भने अधिवेशनलाई कसरी सफल पार्ने भनेर लागेका छन् । व्यवस्थापन पाटो कसरी राम्रो बनाउने भनेर १० वटा तयारी समितिको बैठक सम्पन्न भईसकेको छ । सहभागि शुल्क दुई हजार रुपैया तिरेर सहभागिता जनाउन पाईन्छ । सो रकम पर्याप्त होईन । सहभागिहरुलाई खाने, वस्ने किट व्याग, क्याप लगाएतका सामाग्रीहरु र अरु थप खर्च हुनेहुदाँ अर्थ संकलन गर्ने र सहयोग लिनेकामहरु भईरहेको छ ।”
डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्र्तगत १६६ वटा लायन्स क्लव र त्यसमा करिब चार हजार सदस्यहरु रहेका छन् । काठमाण्डौ, ललितपुर, चितवन पूर्वी नवलपुरसम्म कार्यक्षेत्र फैलिएको छ । आफ्नो कार्यक्षेत्रमा पुगेर तयारी बैठक राख्ने काममा संयोजक श्रेष्ठ व्यस्त हुनुहुन्छ । उहाँले लायनहरु प्रत्येकले अपनत्व लिने खालको वातावरण पाएको भन्दै भन्नुहुन्छ, “सबै ठाँउमा पुग्दा सक्रिय सहभागि भएको पाउँछु। जस्ले थप हौसला मिलेको छ ।” हाल जनसम्पर्क अधिकारीको रुपमा जिम्मेवारी सम्हाली रहेका कारण पनि यो महाधिवेशन सफलताका साथ सम्पन्न गर्नसक्छु भन्ने आत्मविश्वास रहेको उहाँको भनाई छ ।

उहाँ अन्र्तगत सहसंयोजक पनि हुनुहुन्छ । उहाँहरु दुई जनाको नेतृत्वमा यो महाधिवेशन अगाडी बढ्दै छ । क्लष्टर पाँचले होष्ट गदैछ । दुर्गा लक्ष्मी श्रेष्ठ महिलाको तर्फबाट सबैभन्दा बढी सक्रिय लायन्स भएकै कारण उहाँको नेतृत्वमा यो महाधिवेशन हुदैछ । अहिलेसम्म महिलाहरु संयोजक भएको यो पहिलो पटक हो । एतिहासिक जिम्मेवारी पाउनु भएका श्रेष्ठले १५ सय जनालाई सहभागि गराउने उदेश्यका साथ सबै ठाँउमा पुगेर तयारी बैठकहरु गर्ने काम गरीरहेको बताउनु भयो ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाई रहेको छ । सो अवसरमा लायन्सको महाधिवेशन यही महानगरमा हुन गईरहेको छ । लायनको इच्छाशक्तिलाई स्थानीय सरकारसँगको स्रोतसाधनसँग जोडेर अगाडी बढ्ने प्रयास गरेको उहाँको भनाई छ । महाधिवेशनको अवसरमा १५ सयभन्दा बढी सहभागि हुनेछन् । यसले पनि भ्रमण वर्षलाई टेवा पु¥याउँछ भन्नेमा विश्वस्त रहेको संयोज श्रेष्ठ बताउनु हुन्छ । लायन्सको जिम्मेवारीले थप सामाजिक बनाएको भन्दै उहाँ यो जिम्मेवारीले समाजसेवी भावनालाई चीरस्मणीय बनाउनेगरि काम गर्ने बताउनु हुन्छ ।

लायन्सले सधै समाजिक कामहरुमा उत्प्रेरित गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, भोकमरी र दैवी प्रकोपको बेलामा मानवीय क्षेत्रमा निकै ठुलो सहयोग गदै आएका कारण यसप्रति सधै उच्च सम्मान रहेको उहाँको भनाई छ । समाजलाई रुपान्तरण र समाज परिवर्तनका लागि लायन्स आवश्यक रहेको बताउँदै श्रेष्ठले आफू र आफ्नो परिवारले कमाएको दुुई पैसा अरुलाई सहयोग गर्न पाउँदा सधै खुसी मिल्ने बताउनु भयो ।

सन् २००० बाट लायन्समा रहेर समाजसेवाको क्षेत्रलाई थप फराकिलो बनाउदै आउनु भएका श्रेष्ठले लायनको वृहत्तर महत्व र योगदानको बारेमा थाहा पाएसंगै अझ यसप्रतिको सम्मान र गरिमा बढेर गएको बताउनु भयो । आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको  शैक्षिक,  समाजिक र स्वास्थ्यको  सुधारका लागि गरेको प्रयाससंगैै उहाँहरुको अनुहारमा आएको  मुस्कान नै  सबैभन्दा ठूलो  प्राप्ति लाग्ने उहाँ बताउनु हुन्छ । हजारौं मित्रहरु, लायनवादको  सिंगो परिवार  आफ्नो सम्झेर अगाडी बढ्दै गर्दा दोस्रो महाधिवेशन आफ्नै नगरीमा आफै संयोजक भएर स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको उहाँ बताउनु हुन्छ ।

 


लामो समयसम्म लायन्समा रहेर  प्राप्त गरेको अनुभव र आफ्नो क्षमताले भ्याएसम्म कार्यक्रम सफल पार्न लाग्ने उहाँको भनाई छ । देशको  राष्ट्रपति महिला,  सभामुख पनि महिला भईसकेको देशमा लायन्समा भने ३३ प्रतिशत पनि महिला सदस्य हुनुहुन्न । महिलाहरुको संख्यासंगै गुणस्तरीय काम गर्न सक्छन् भनेर देखाउनका लागि पनि आफ्नो अवसर भएको उहाँको भनाई छ ।

 

अहिले आफ्नो क्षमता देखाउने सही समय भएकाले चुनौतीसँग सामाना गरेर यो जिम्मेवारी लिएको उहाँको भनाई छ । होम क्लबको कार्य  अनुभव,  राष्ट्रिय र  अन्तर्राष्ट्रिय कार्यक्रमको  अनुभव र  कार्य क्षमता अनि २३ आंै वर्षको  सेवाभावलाई आत्मसात यो महाधिवेशनलाई ऐतिहासिक बनाउन लाग्ने प्रणका सााथ उहाँ तयारीमा व्यस्त हुनुहुन्छ ।

43Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement