0Shares

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हिजो सुरु भएको बैठकमा पेस भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुनेछ ।

हिजो पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रस्तुत प्रतिवेदनहरुलाई छलफलपछि आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची समेत रहेको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।

यसैबीच, एमालेले आज नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दलका शीर्ष नेताहरुलाई पनि बोलाएको छ ।रासस
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement