एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घट्यो
0Shares
काठमाडौं ,वैशाख ११
मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन,बैशाख १९- ठोरी छोटी भन्सार ...
-
रुपन्देही, वैशाख २०- ...