0Shares

चितवन, फागुन २६
नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा पुरुषको शव फेला परेका छ । पोखरा बसपार्कमा रहेको न्यू दिप होटल एण्ड लजमा सुतेका माडी नगरपालिका ८ स्थित अयोध्यापुरीका ५५ बर्षिय लाल बहादुर रानामगर शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार राती बास बसेका रानामगर शनिबार बिहान होटलको ५ नम्बर कोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ‘राती ८ बजे होटलमा बास बसेको देखिन्छ । बिहान खाना समेत नआएपछि हेर्न जाँदा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएका थिए’- चितवन प्रहरीले भनेको छ ।

उनले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले माडीबाट उनका आफन्त आएपछि उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ । आफन्तले जाहेरी दिएपछि पोस्माटम गर्ने तयारीमा प्रहरी रहेको छ । घट्नाको छानविनका लागि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement