157Shares

चितवन असोज ६-

चितवनको रामनगरमा पुष्प बाटिका निर्माण गरिएको छ । भरतपुर महानगरपालिका १ स्थित रामनगर बजारमा राजमार्गको छेउमा पुष्प बाटिका निर्माण गरिएको हो । बाटिका निर्माणका लागि रामनगरका स्थानियले सहयोग र श्रमदान गरेका छन् ।

रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँबरले कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाको फुर्सदलाई सदुपयोग गरेर बाटिका निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो समयमा सबैलाई फुर्सद मिल्यो, हामीले नगरे कसले गर्ने भन्ने सोचाइका साथ बजारका सबै मिलेर बाटिका निर्माण ग¥यौ ।” उहाँले थोरैथोरै रकम र श्रमदान जुटाएर बाटिका निर्माण गरेको जानकारी दिनुभयो । काम गर्दै जाँदा सबै क्षेत्रबाट हौसला र सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

विश्व वातावरण दिवसको दिन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बाटिकामा पिपल र रुद्राक्षको विरुवा सारेर बाटिका सिलान्यास गर्नुभएको थियो । त्यसपछि बाटिका निर्माणले तीब्रता पाएको थियो ।

बाटिका निर्माण समितिका उपसचिव प्रवेश कँडेलका अनुसार निर्माण सुरु गरेको दुई महिनाको अवधिमा बाटिकाको ७० प्रतिशत काम सकिएको छ । असार २३ गते समिति बनाएर गरेर बाटिका निर्माण सुरु गरिएको थियो । राजमार्गको छेउमै रहेको बाटिकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्नेहरुलाई आकर्षित गरिरहेको छ । बाटिकामा बिहान र बेलुका स्थानिहरु स्वच्छ हावा खान जाने गरेका छन भने बालबालिका खेल्दै रमाइलो गर्ने गरेका छन । राजमार्गमा यात्रा गर्नेहरु पनि बाटिकामा पसेर आनन्द लिने गरेको कँडेलले बताउनुभयो ।

“बाटिकामा फुल रोप्ने काम सकिएको छ,उहाँले भन्नुभयो,धेरै संरचना निर्माण भइसकेको छ, तिहारसम्म बाटिकालाई मूर्तरुप दिन्छौ ।” बाटिकामा आकर्षक फुलहरु, विभिन्न जातका विरुवा रोपिएको छ भने पानीको फोहारा, पुल, बालबालिका खेल्ने पिङ लगाएतका आकर्षक संरचना बनाइएको छ । बाटिकामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । बजारका सबैजनाले मासिक एक/एक सय उठाएर बाटिकाको संरक्षण गर्ने योजना बनाएको कँडेलले बताउनुभयो ।

करिब ६ कठ्ठामा सतनचुली सामुदायीक वनको संरक्षित क्षेत्रमा रहेको बाटिका चिटिक्क देखिन्छ । बाटिका निर्माणका लगि करिब ९ लाख रुपैंया खर्च भएको छ भने ६ लाख संकलन भएको रामनगर वजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।

  

(नारायणी अनलाइनबाट साभार)

157Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement