0Shares

दुई दिनदेखि सम्पर्कविहिन रहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मंगलबार बिहान मकवानपुरमा फेला परेको हो। सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा शव भेटिएको थियो। अहिले उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। बल्खु खोलामा उनको जुत्ता फेला परेको थियो। उनको मोवाइल लोकेसन र सोहि आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

दुई दशकदेखि पत्रकारितामा सक्रिय बानियाँ पछिल्लो समय कान्तिपुरमा कार्यरत थिए। उनले नागरिक दैनिकमा समेत काम गरेका थिए। सुशासन, कर्मचारीतन्त्र र राजनीतिक विषयमा बानियाँले कलम चलाउँदै आएका थिए।

बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी गराएपछि सम्पर्कमा नभएको कान्तिपुरको अनलाइन संस्करणले जनाएको छ।

नहुँको गरिब परिवारमा जन्मिएका बानियाँ एसएलसीपछि पढ्न काठमाडौं आएका थिए। केही समय उनले टाँक बनाउने एउटा सानोतिनो पसलमा काम गरे। केही समय पुरानो बसपार्कनजिकै चियापसलमा वेटर पनि भए। यसरी कमाएको पैसाले उनी आफ्नो पढाइ र काठमाडौं बसाइँ खर्च जुटाउँथे। पछि जनक शिक्षा सामग्रीमा टाइपिस्टको काम पाए।

उनले कान्तिपुर दैनिकको स्थापनाकालदेखि नै काम गरेका थिए। सुरूमा कपी-एडिटर र पछि डेस्क-एडिटर रूपमा काम गरे।

उनी राति राति अफिस आउँथे। एकोहोरो काम गरिरहन्थे। पछि विस्तारै रिपोर्टिङ गर्न थाले। २०५७ सालदेखि रिपोर्टिङ गर्न थालेपछि मात्र उनले अलि धेरै मान्छेसँग संगत गर्न थालेको उनका सहकर्मीहरू बताउँछन्।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement