423Shares

विगत २५ वर्षदेखि सहकारी आन्दोलनमा लागेकी शान्ती अधिकारीको चिनारी फेरि थपिएको छ । उनी अब नेफस्कूनको नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष भएकी छन् । औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिएसँगै उनको सहकारी यात्रामा जिम्मेवारी थपिएको हो । संघको २८ औं बार्षिक साधारण सभाद्धारा निर्वाचित सञ्चालक समितिले पौष ६ गते सपथ ग्रहण लिएको थियो ।
नेफस्कून भनेको नेपालभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । नेफस्कूनको यतिबेला १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति चयन भएको छ । जसमध्ये महिला उपाध्यक्षमा चितवनकी शान्ती ढकाल अधिकारी निर्विरोध चयन भएकी छन् । महिलाहरुलाई सहकारीमा आवद्ध गराउने उनी मार्गदर्शक पनि हुन् ।
महिला भएकै कारण भोग्नुपर्ने विभेद र भिन्नताको सामना गरेर अगाडी बढ्दै गर्दाै शान्तीलाई यो सफलता हात लागेको हो । दिनरात नभनिकन महिलाहरुलाई कसरी आर्थिक पाटोमा बलियो बनाउने र सहकारी मार्फत आर्थिक रुपमा बलियो बनाउने भनेर लागिपर्दा उनको सहकारी अभियानले सार्थकता पाएको हो ।
पञ्चीस वर्षसम्म सहकारीमा आवद्ध हुनु आफैमा कठिन छ । सबै आफ्नो पक्षमा पनि हुँदैन । ती सबैलाई मिलाएर तिलको पहाड चुम्नु भनेको चाहिँ आफैमा गर्वको कुरा हो । यस्तै गर्विलो व्यक्तित्वको नामसँग शान्तीको नाम पनि आउँछ ।
२०२४ साल मंसिर ८ गते चितवनको खैरहनी नगरपालिकामा जन्मिएकी शान्ती कहिल्यै नामको लागि काम गरिनन् । आफ्नो भित्री आत्मसन्तुष्टिको लागि २०५२ सालमा भरतपुर वडा नं १०, ११ र १२ का तिस जना महिलाहरुको भेला बसेर प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामाकरण गरेसंगै अगाडी बढेको सहकारीको उनको पाईला आजसम्म अनवरत रुपमा अगाडी बढिरहेको छ ।
विश्वका केही भु–भागको भ्रमणले पनि उनलाई सहकारीको सोचाईमा व्यापकता ल्याउन सहयोग ग¥यो । जापान, अमेरीका थाईल्याण्ड, मलेसिया, वङ्गलादेश, भारत लगाएतका देशमा सहकारीको अवस्था अध्ययन गरेपश्चात उनलाई सहकारीको चेतना र शिक्षाको स्तरमा परिर्वतन आएको उनको बुझाई छ ।
शान्तीकै बिचारलाई आधार मान्ने हो भने अन्य देशको तुलनामा नेपालमा सहकारीको बिकास हुन सकेको छैन । तर पछिल्लो समय नेपालमा सहकारी अभियानले महिला सशक्तीकरणका साथै आर्थिक र सामाजिकरूपमा सह–अस्तित्व निमार्णका लागि महत्वपूर्ण भूमिका भने खेलेको छ ।
नेपालमा २९ हजारभन्दा बढीको संख्यामा रहेका सहकारीले सहरी क्षेत्रको मात्र नभई ग्रामीण क्षेत्रमा रहेका महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूर्ति गर्न सहयोग पुगेको उनको विश्वास छ ।
सरकारले तीन खम्बे आर्थिक नीतिमा समावेश गरेसँगै विभिन्न किसिमका उत्पादनशील क्षमता विकास गर्ने, आयआर्जनमा वृद्धि हुने खालका वस्तु र सेवा उत्पादन गर्ने र रोजगारी वृद्धि गर्ने काममा सहकारी क्षेत्रले विशेष महत्व राख्दै आएको छ ।
सहकारीमा आबद्ध भएसँगै महिला पनि सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा अगाडि आउने आँट गर्न थालेको बताउने शान्ती श्रीमान कृष्णबहादुर अधिकारी र घर परिवारको सहयोगले नै आफु आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको तिन कार्यकाल सञ्चालक समिति र हालसालै उपाध्यक्ष हुन सहयोग पुगेको बताउँछिन् ।
प्रभातसँग पछि दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको पनि एकीकरण भयो । यो एकीकरण गर्नमा पनि शान्तीको मेहनत ठूलो छ । प्रभातमा सञ्चालक समिति सदस्य हुदै सचिव र दुई कार्यकाल अध्यक्ष हुँदाको काम गराईले उनलाई केन्द्रमा जोड्न सफल भएको हो । सुरुमा प्रभात सहकारी सञ्चालन गर्दाका तिता मिठा अनुभवले थप जिम्मेवार बनाएको उनको अनुभव छ । दिदीबहिनीसँग प्रभातको एकीकरण भएपश्चात काम गर्ने दौरानमा सहकारीको सोँच धेरै फराकिलो भयो । दुबै संस्था एकीकरण पश्चात बनेको प्रभात दिदीबहिनी साकोसको पनि उनी हाल सञ्चालक समिति सदस्य हुन् ।
आफू सदस्य रहेको संस्था प्रभातको सञ्चालन क्रममा पनि उनलाई केही कठिनाई भयो । त्यतिबेला व्यवस्थापनको पाटो कमजोर हुँदा सहकारी माथि नै प्रश्न चिन्न खडा भयो । करिब १ सय ५० जना सदस्य एकैपटक सहकारीबाट बाहिरीए । सर्वोच्च अदालत धाउँदै त्यो व्यवस्थापकीय पाटोलाई मिलाएर सहकारीको नाममा आफ्नै जग्गा किन्दा सम्मको अनुभवले उनलाई सहकारी सञ्चालन र व्यवस्थापनको बारेमा राम्रो संग बुझ्ने र जस्तो सुकै परिस्थितको सामना गर्न सक्ने बनाई सकेको थियो । राम्रो व्यवस्थापकीय खुबीकै कारण यो स्थानसम्म भ¥याङको काम ग¥यो ।
स्रोत र साधनमाथि महिलाको पहुँच कम भएको हाम्रो जस्तो समाजमा सहकारीका माध्यमबाट महिला पनि आर्थिक क्रियाकलापमा क्रियाशील देखिन थाल्दा भने उनलाई खुसी लागेर आउँछ । सहर बजारमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि महिला सहकारीका माध्यमबाट आर्थिक क्रियाकलापमा सहभागी हुन थालेको उनको बझाई छ । जसले गर्दा महिलाहरुको आर्थिक सँगसँगै सामाजिक र राजनीतिक हैसियत निर्माणमा समेत महत्वपूर्ण सहयोग पुगेको छ ।
विशेषतः कुनै पनि पेशा र व्यवसाय सञ्चालनका लागि परिवार र समाजमा सहज वातावरण सिर्जना गर्नका लागि महिलालाई सहकारीले सहयोग गरेको छ । कुनै पनि व्यवसायका लागि बीउ पुँजी स्थापना गरी स्वतन्त्ररूपमा व्यवसाय सञ्चालन गर्न, व्यवसायिक सिप आर्जन गर्न र सामाजिक सम्बन्ध स्थापित गरी व्यवसाय प्रबद्र्धन गर्न पनि सहकारीका माध्यमबाट महिलालाई निकै सहज भएका उनी बताउँछिन् । स्थिर सम्पत्तिमा पुरुषहरुको स्वामित्वका कारण व्यवसाय सञ्चालनका लागि बँैकबाट ऋण प्राप्त गर्नसमेत समस्या पर्ने गरेकोमा सहकारीले महिलालाई त्यस्ता समस्याबाट केही हदसम्म भए पनि समाधानको बाटो देखाई दिएको छ ।
हिजोसम्म घर व्यवहारका साना कुरामा समेत महिलासँग सल्लाह नगर्ने पुरुषहरु अहिले महिलाको अनुमतिबेगर कुनै पनि काम नगर्ने भएका छन् । सहकारीमार्फत पूँजी लिनका लागि भए पनि महिलासँग आर्थिक विषयमा घर परिवारमा सरसल्लाह गर्ने वातावरण सिर्जना हँुदै गएको देख्दा आफ्नो उदेश्य सफल भएको हो कि जस्तो लाग्ने उनी बताउँछिन् ।
सामाजिक सरोकारका विषयहरुको बहस र छलफलमा महिलालाई सहभागी गराउने अवस्था यतिबेला सिर्जना भएको छ । महिलाका मुद्दाहरुले समेत समाजमा स्थान पाउन थालेका छन् । जसले गर्दा सहकारीको माध्यमबाट महिलाको चौतर्फी विकासमा केही सहयोग पुगेको तर्क उनको छ । आफ्नै पहलमा सहकारी स्थापना गरि आज विभिन्न सहकारीको नेतृत्व सम्हालिसकेकी शान्ती सेतो गुराँस बाल बिकास केन्द्रको सचिव, सहकारी तथा गरिबी निवारण विभागको केन्द्रिय सदस्य, २०६७ साल देखि प्रभात दिदी बिहिनी तथा ऋण सहकारी संस्थामा सल्लाहकार, लायन्स क्लव अफ चितवनको सहकारी समन्वय समितिको संयोजक, जिल्ला बचत तथा ऋण सहकारी संघमा संस्थापक सचिव हुदै सल्लाहकार लगाएतका संघ संस्थामा उनको योगदान रहेको छ ।
चितवनका सहकारिमा महिला सहभागिता ५१ प्रतिशत रहेकोमा गर्व लागेपनि निर्णायक तहमा महिला सहभागिता न्यून हुनु एक किसिमको समस्या हो भने महिला सञ्चालकलाई पुरुष सञ्चालक सरह सहकारीका सबैखाले गतिविधिमा सहभागी नगराउनु अर्को समस्याका रूपमा रहेको उनको बुझाई छ । अन्य क्षेत्रमा जस्तै सहकारी संघ÷संस्थाहरुमा समेत महत्वपूर्ण र ठूला निर्णयहरु गर्दा महिला सञ्चालकलाई सही गराउनका लागि मात्र उपस्थित गराउने गरिएका कारण पनि महिला सहभागिता कम भएको हो ।
नेफस्कून सञ्चालक समितिको उपाध्यक्षमा निर्वाचित भईसकेपछि शान्तीले सामान्य प्रतिक्रिया दिईन्–‘महिलालाई नेतृत्व तहमा पु¥याउनु मात्रै होइन, नेतृत्वमा पुगिसकेका महिलाको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पनि नेतृत्व तहमा पुगेका महिलाहरु लाग्नु पर्छ ।’

423Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement