0Shares

रुपन्देही, वैशाख २०-

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका हुन् ।
उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे ।

गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए । फाइल तस्बिर

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement