0Shares

चितवन,फागुन २६-

नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले एक सय ५० भन्दा माथिको संख्यामा विश्वासको मत पाउने दाबी गरेका हुन् ।

“विश्वासको मत पाउने कुरामा कुनै शंका छैन । विश्वासको मतको सुनिश्चित्ता छ । अहिले सरकारमा सहभागी दलहरुको संख्याको आधारमा पनि पुग्छ । अरु थप नयाँ दलहरुसँग पनि कुरा हुँदैछ । एक सय ५० भन्दा माथिको संख्यामा यो सरकारले मत पाउँछ,” उनले भने । नेता पोखरेलले संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई पनि स्थान दिइएपनि नियमन प्रणाली कमजोर हुँदा समस्या पैदा भएको बताए । सहकारी समस्याबारे छानविन गर्न सरकारले खुट्टा नकमाउने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भए पनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने दाबी गरे ।

“यसमा विभिन्न तहका नेताहरुको पनि हामी कुरा सुनिरहेका छौं । प्रहरीले यसमा अनुसन्धान गरेको छ । अनुसन्धान अधिकारीहरुले यसमा गम्भीरतापूर्वक छानविन गरेका छन् । यो सरकारले खुट्टा कमाउने छैन,” उनले भने, “यो मन्त्रिमण्डलमा रहेका हुन् वा जोसुकै पनि दोषी छन् भने त्यसलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्नेछ ।”

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement