40Shares

चितवन पत्र, बारा। २४ घण्टै सेवा गर्न तयार एम्बुलेन्स चालककै कारण धेरैको ज्यान बचेको एक कार्यक्रममा बताईएको छ । संयुक्त एम्बुलेन्स चालक संघ बाराद्वारा आयोजित होलि मिलन समारोह २०८० लाई सम्बोधन गदै नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का सभापति एवं कार्यक्रमका प्रमुख अतिर्थी लोकेश सिंहले एम्बुलेन्स चालकहरू मिनी डाक्टर भएको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेता सिंहले एम्बुलेन्स चालकहरुले समयमा नै अस्पताल पु¥याएका कारण उनीहरु पनि मिनी डाक्टर सरह रहेको बताउनु भएको हो । यसरी बिरामीलाई ओसार पसार गर्ने एम्बुलेन्सहरु भने यसको निर्देशिका अनुसार चल्नुपर्ने उहाँको भनाई थियो । एम्बुलेन्स चालकहरुले चलाउने काम मात्रै नगरी बिरामीहरु संग राम्रो व्यवहार गरेर उनीहरुमा हौसला बढाउने काम गर्न आग्रह गर्नुभयो ।

उहाँले एम्बुलेन्स चालकहरुको उपचार निशुल्क हुनुपर्ने समेत माग गर्नुभएको छ । आफ्नो परिवारको ख्याल नगरी रातदिन नभनी बिरामीको फोन आउने बित्तिकै दौडने उनीहरुको सेवाभाव निकै प्रशंसा गर्न लायक रहेको उहँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिर्थी सिहले भारतीय नम्बर प्लेटका एम्बुलेन्सहरुलाई कडाई गर्नुपर्ने भन्दै भारतीय एम्बुलेन्सका कारण नेपाली एम्बुलेन्सहरु समस्यामा परेको बताउनु भएको छ ।


कलैया स्थित राज लक्ष्मी हस्पिटलको सभाकक्षमा आयोजित कार्यक्रममा हस्पिटलका संचालक विजय साह, डाक्टर सुनिल पटेल, डाक्टर मनोज कुश्वाहा, ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवाल लगायतले शुभकामना मन्तव्य राख्नु भयो । एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष दिपेन्द्र महतो कोईरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

40Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement