0Shares

नागोया, जापान । जापानमा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाली मिडिया सेन्टर, जापानले नयाँ वर्ष २०२४ को अवसरमा क्यालेण्डर प्रकाशन गरेको छ । जापानमा रहेका नेपालीहरुलाई लक्षित गरी प्रकाशित क्यालेण्डरको फेब्रुअवरी ७ तारिखका दिन एक समारोहबीच बिमोचन समेत भयो ।
जापानको नागोया शहरमा आयोजित कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव पारसमणि पोखरेल र नेपाल पत्रकार महासंघ, जापानका संस्थापक सचिव एवं नेपाली मिडिया सेन्टर जापानका सल्लाहकार हरिप्रसाद पोखरेलले संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरेका थिए ।
कार्यक्रममा सेण्टरका उपाध्यक्ष एवम् एनआरएनए जापानका पूर्व सचिव श्यामशित्तल श्रेष्ठले क्यालेण्डर प्रकाशन गर्नुको उद्देश्यबारे प्रकाश पार्दै जापानमा रहेका नेपाली पत्रकारहरुले नेपाल र नेपालीसँग सरोकार राख्ने विषयमा एनआरएनएसँगमिलेर काम गर्न इच्छुक रहेको बताए ।
जापानवासी नेपाली संघ– संस्था तथा समुदायलाई उक्त क्यालेण्डर निशुल्क प्रदान गरिने सेण्टरले जनाएको छ ।
कार्यक्रममा जापानमा रहेका संघ– संस्थाका नेतृत्वमा रहेका महानुभावहरुको उपस्थिति रहेको थियो ।
एनआरएनए एशिया प्यासिफिक उपसंयोजक दिपक कार्की, एनआरएनए जापानका, सह–कोषाध्यक्ष राम थापा, सल्लाहकार यम खत्री, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, नागोयाका अध्यक्ष भेषनाथ गौतम, सहकोषाध्यष मीत्रलाल सिग्देल, मितेरी नेपालका अध्यक्ष चिरञ्जिवी सिग्देल, नेपाली जनसम्पर्क समिति नागोयाका संयोजक कुशल धिताल, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग चुबुका सभापति हरि श्रेष्ठ, गुल्मी समाज नागोयाका अध्यक्ष गोविन्द भुषाल, नेपाली व्यवसायी मञ्च नागोयाका अध्यक्ष नरबहादुर थापा, एनआरएनए नागोयाका उपाध्यक्ष कुशल पौडेल, चितवन समाज नागोयाका अध्यक्ष भैरव अधिकारी लगायतको उपस्थिति थियो ।यस अघि पनि नेपाली मिडिया सेन्टर, जापानले नेपालको ऐतिहासिक नक्सा ग्रेटर म्याप प्रकाशनमा ल्याइ जापानभर वितरण गरेको थियो ।कार्यक्रम नेपाली मिडिया सेन्टर, जापानका अध्यक्ष कविकिरण न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको सञ्चालन सेण्टरका सह–सचिव योमन देवानले गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement