47Shares

साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजकिन गरिएको हो ।

भरतपुर – २० स्थायी घर भइ लामो समय देखी जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक बसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् भने सङ्गीत संयोजन तथा लय समेत बसन्त थापाकै रहेको छ । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ ।

पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ्ग, कुलो, इनारजस्ता बिम्बहरुलाई उनले गाउँले प्रेमसँग जोडेका छन् । गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् । अत्यन्त सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु चलाउदा सम्पादनमा बिकास ज्ञवाली जमेका छन ।

गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन स्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन गीत सक्षम देखिन्छ ।

गीतको लिङ्क यस प्रकार छ !

 

47Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement