15Shares

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको आज (पुस १७ गते)देखि एकीकृत कारोबार सुरु भएको छ ।

कुमारी र एनसीसी बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व भागिएपश्चात बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आजदेखि कुमारी बैंकको नामबाट सुरु भएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सिइओमा रामचन्द्र खनाल रहनेछन् । बैंकको सञ्चालकमा कुमारीको ३ र एनसीसीमा ३ जना रहनेछन् ।  मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ ।

15Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement