0Shares

काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप थपिदै जान थालेको छ। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि प्रणालीमा निरन्तर निक्षेप बढ्दै गइरहेको हो।

चुवाव यता वाणिज्य बैंकहरुमा ९३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत मंसिर २ गते वाणिज्य बैंकको निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँ थियो। जुन पुस ११ गतेसम्म आइपुग्दा ४६ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुमा निक्षेप थपिन थालेसँगै कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) समेत सुधार हुँदै आएको छ। गत मसिंर दुई गते वाणिज्य बैंकको औषत सिडी रेसियो ९७ प्रतिशत पुगेको थियो।

बैंकिङ प्रणालीमा निक्षेप थपिएसँगै सिडी ८६.२८ मा आइपुगेको छ। सिडी रेसियोमा आएको सुधारले पनि वाणिज्य बैंकहरुमा निक्षेप बढेको पुष्टि गर्छ।

वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै जादा बैंकहरुले अनिवार्य तरलता अनुपात (सिआरआर) मेन्टन गर्न लिने स्थायी तरलता सुविधा (एसएलएफ) समेत घटाउँदै गएका छन्।

गत असार ९ गते वाणिज्य बैंकले राष्ट्र बैंकबाट २ अर्ब ५० अर्ब रुपैयाँ एसएफएफ लिएका थिए। बैंकहरुमा निक्षेप थपिदै जान थालेसँगै बैंकहरूले एक महिनाम १ खर्ब २४ अर्ब रुपैयाँ मात्र एसएलएफ लिएका छन्।

बैंकहरुमा निक्षेप सहज हुँदै जाँदा एसएलएफ सिमा घटाउदै जाने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेले बताए।बैंकहरूले तरलता समस्या बेला राष्ट्र बैंकबाट महँगो ब्याजदरमा एसएलएफ लिने गर्दछन्। तरलता सहज हुँदै जाँदा बैंकहरूले एसएफएफ घटाउँदै जाने गरेको पोखरेलले बताए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement