363Shares

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तारा कुमारी काजी महतोले माडी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडी नगरपालिकाको उप मेयरमा निर्वाचित हुनुभएको महतोले माडीवासीको मन जितेर काम गर्नुभयो । माडीका समस्यालाई नजिकबाट बुझ्नुभएकी महतो समृद्ध माडी बनाउने योनजासहित निर्वाचनको अभियानमा हुनुहुन्छ । सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गर्नुभएकी महत्व समाज सेवाविनाको राजनीति दिगो रुपमा अगाडि बढ्न सक्दैन भन्ने मान्यताले विभिन्न सामाजिक काममा सरिक भएर काम गरिरहनुभएको छ । माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर हुँदा जनताको सेवक भएर गरेको कामले पनि उहाँ माडीवासीका लोकप्रिय हुनुहुन्छ । उहाँलाई आदिवासी, महिला, दलित, अल्पसङ्ख्यक लगायत आम माडी बासीको समस्या र पीडाको बारेमा जानकारी छ । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्ने, सहमति र समन्वयबाट विकासका काम गर्नुपर्छ भन्ने मान्यताले अगाडि बढेकै कारण आम माडीवासीको रोजाइमा पर्नुभएको छ । निर्वाचनसँग सम्बन्धित रहेर उहाँसँग कुराकानी गरिएको गरिएको थियो । प्रस्तुत छ कुराकानीका केही अंश ः

निर्वाचनको अभियानलाई कसरी अगाडि बढाउनुभएको छ ?
हामीले आफ्ना धारणाहरु सार्वजनिक गरेर प्रतिवद्धता पत्र तयार गरी जनताको घरघरमा गएका छौं । जनताका गुनासा र समस्या सुन्ने, आप्mनो प्रतिवद्धता प्रस्तुत गर्ने काम गरेका छौं । ठाउँ ठाउँमा काण सभा गर्ने, माडीवासीसँग प्रत्यक्ष भेटघाट गर्दै निर्वाचनको अभियानलाई अगाडि बढाएका छौं ।

जनताको माझमा गएर आफ्ना कुरा राख्दा जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
माडीवासीलाई समृद्ध माडी कसरी बनाउने भन्ने चिन्ता छ । माडीको विकासको लागि विभिन्न सुझावहरु दिनुभएको छ । हाम्रा योजना र विगतमा गरेका कामका कारण माडीवासीको भरोसा हामीप्रति नै छ । माडीवासीले अगाडि बढ्ने हौसला दिनुभएको छ ।

उपमेयर भएर कार्यकाल पूरा गर्नुभयो । अहिले किन मेयर बन्ने आकाङ्क्षा राख्नुभयो ?
अघिल्लो कार्यकालमा हाम्रो पार्टी नेकपा एमालेले मलाई उपमेयरमा उड्ने अवसर दियो । म अत्यधिक मतले विजयी भएँ । उपमेयरको जिम्मेवारीमा रहेर काम गर्दा मैले धेरै कुराहरु सिकेँ । जनताका वास्तविक समस्याका साथै समग्र माडीका समस्यालाई गहिरिएर बुझ्ने मौका पाएँ । अहिले मलाई मेयर भएर काम गर्ने आँट आयो । माडीवासीबाट पनि हौसला र प्रेरणा पाएँ । त्यसैले माडीवासीकै आकाङ्क्षा पूरा गर्नकै लागि पार्टीसँग समन्वय गरेर मैले मेयरमा उम्मेद्वारी दिएको हो ।

उपप्रमुख भएर के के काम गर्नुभयो त ?
न्याय सम्पादन, अनुगमन, अपाङ्गताका हक हितका विषयहरुका साथै राजस्व परामर्श समितिको संयोजकमा रहेर मैले इमान्दारीसाथ जिम्मेवारी पूरा गरें । माडीबाट धेरै महिलाहरु ठोरी नाका हँुदै बेचबिखनको लागि भारत लाने गरेको थाहा पाएर नियन्त्रणमा अगाडि बढ्यौं । माडी नगरपालिकाबाट बाहिर जाने बगए नाकाबाट जाने बसहरुलाई सहायता कक्ष बनाएर काम सुरु ग¥यौं । यसरी काम गर्दा हरेक वर्ष लगभग सातदेखि १८ जनासम्म महिला, बालिका, किशोरीहरुलाई उद्धार गर्न सफल भयौं ।

यहाँका महिलाको स्वास्थ्य अवस्था दर्दनाक छ । तपाइँ उपमेयर हुँदा महिलाको स्वास्थ्थमा परिवर्तन गर्न सक्नुभयो ?
हामी निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं । प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेका छौं । सामान्य उपचारमा सर–सल्लाह गर्न अहेब, अनमी र एक जना सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन् । बगौंडा अस्पतालमा महिलाहरु गर्भवती हुँदा वा सो क्रममा गर्नुपर्ने दुई वटा भिडियो एक्सरे निःशुल्क गरेका छौं । बगौडा अस्पतालसम्म सुत्केरी हुन आउन परे घरमा सवारी साधन छैन एम्बुलेन्स चाहिए त्यो पनि निःशुल्क गरिएको छ । हामीले पछिल्लो चरणमा कतिपय सुत्केरी र शिशुमा पोषित कम हुने देखियो । त्यस्तो देखेपछि पोषणको लागि पनि कार्यक्रम गर्नुपर्छ भनेर हामीले पोषणका कार्यक्रम पनि गरेका छौं ।

पाँच वर्षसम्म माडी नगरपालिकामा के कस्ता विकास भए त ? विगतमा जनतासँग गरेको प्रतिवद्धता पूरा गरेजस्तो लाग्छ ?
हामी नगरपालिकामा निर्वाचित भएर आएपछि धेरै विकासका कामहरु भएका छन् । बाटाहरु चौडा भएका छन् । पुलहरु निर्माण भएका छन् । विद्यालयहरुको स्तरोन्नति गरिएको छ । कृषि र पर्यटनमा आशालाग्दो परिवर्तन देखिएको छ । सुकुम्वासीहरुको स्थायी बसोवासको लागि पहल भइरहेको छ । यी कामहरु अगाडि बढाउन नेकपा एमालेको नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारले धेरै सहयोग गरेको छ । नगरपालिकाको हाम्रो टिम नै जनताको सेवामा समर्पित भएर काम काम ग¥यो । हामीले विगतमा प्रतिवद्धता जनाएअनुसार समृद्ध माडी बनाउनको लागि धेरै काम बाँकी छन् । मेयरमा निर्वाचित भएर सहमति र सहकार्यले तिनै कामहरु पूरा गर्ने अठोटका साथ अगाडि बढेकी छु ।

समृद्ध माडी बनाउनको लागि के कस्ता योजना लिएर अगाडि बढ्नुभएको छ त ?
माडी भौगोलिक, सामाजिक, धार्मिक, राजनैतिक दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यहाँ विकासका सम्भावनाहरु धेरै छन् । माडीका जनता र जमिनको सुरक्षा प्रमुख विषय हो । निकुञ्जसँगको द्वन्द्व हटाएर जनताको हितमा काम गर्नुपर्छ । रिउमा तटबन्धन गरेर पर्यटकीय मार्ग बनाउनुपर्छ । भूमिहीन सुकुम्बासीहरुको स्थायी बसोबास र रोजगारको व्यवस्था गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, पर्यटकको अकर्षण, विभिन्न जात जातिको संस्कृति संरक्षण, स्वरोजगारको व्यव्स्था,माडीलाई शैक्षिक हव बनाउने, माडीका विभिन्न धार्मिक र पुरातात्विक स्थलहरुको संरक्षर र स्तरोन्नति गर्ने , माडीका दक्षिरतिर बग्ने खोलाहरुमा तटबन्धन, बघौडा अस्पतालको स्थररोन्नति लगायतका योजनाहरु लिएर हामी जनतामाझ गएका छौं । हाम्रा योजनाहरुलाई प्रतिवद्धतापत्रमा समावेश गरी सार्वजनिक पनि गरेका छौं ।

पाँच वर्ष तपाइँले उपमेयर रहेर काम गरिरहदा आममानिसको जीवनशैलीमा परिवर्तन ल्याउन सके जस्तो लाग्छ ?
हामीले माडी नगरपालिकामा अर्गानिक कृषि र्फम सञ्चालन गरेका छौं । वडा नंं. ८ मा प्रदेशकै नमुनाको रुपमा एउटा सामूहिक खेती सञ्चालन गरेका छौं । मगर, थारु, बोटे, दुरालगायतका होमस्टेहरुहरु सञ्चालन गरेका छौं । होमस्टेहरुले जीवनमा परिवर्तन ल्याएको छ । माडीवासीमा शैक्षिक चेतना बढेको छ । कृषि कार्यमा परिवर्तन आएको छ । तरपनि यो पूर्ण होइन् । अझै धेरै काम गर्न बाँकी छन् ।

नेकपा एमालेले तपाइँलाई नै माडी नगरपालिकाको मेयरको उम्मेदवार किन बनाएको होला ?
मै उम्मेद्वार हुनुपर्छ भनेर मैले पार्टीलाई कहिल्यै दवाव दिएन । मैले कसैलाई तेरो मेरो नभनी काम गरें । कसैलाई पनि कुनै विभेद नगरी काम गरें । मेरो अनुभव, एमान्दारिता र लगनशीलतालाई मूल्याङ्कन गरेर नै पार्टीले मलाई अगाडि बढाएको होला भन्ने मलाई लागेको छ ।

माडी नगरपालिकाको नेतृत्वमा निर्वाचित हुने केही आधार छन् तपाईसँग ?
निर्वाचित हुने प्रमुख आधार नै आदरणीय मतदाता नै हुन् । मैले विगतमा माडीवासीको शिर झुक्ने कुनै काम गरिन । मेरो विगतको अनुभव, जनतामा गएर काम गर्ने कार्यशैली, समृद्ध माडी बनाउने योजना, माडीवासी जनताले दिएको माया, प्रेरणा र हौसला, सवैसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धताका कारण म मेयरमा निर्वाचित हुने प्रशस्त आधारहरु छन् । हामीसँग प्रतिस्पर्धा गर्ने गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । प्रमुख , उपप्रमुखमा महिलालाई अगाडि ल्याएको छैन् । माडीवासी जनताको आशा ,भरोसा र माया मप्रति नै देखिएको छ । त्यसैले माडीवासी जनताले मलाई अवसर दिनेछन् भन्नेमा म ढुक्क छु ।

आदिवासी र महिलाहरुको मतलाई विजयको जुन आधार मान्नु भएको छ । यो अपेक्षा ऋषि काफ्लेले पनि गर्नुभएको छ । जित्ने दावी त दुवैको छ नि ?
लोकतान्त्रिक व्यवस्थाको विशेषता नै निर्वाचन हो । म प्रतिष्पर्धीहरुलाई सम्मान गर्छु । स्वच्छ प्रतिष्पर्धा गरेर अगाडि बढ्नुपर्छ । निर्वाचनको प्रतिष्पर्धामा अगाडि बढेपछि विभिन्न अड्कल गर्न पाइन्छ । आशा पनि गरिएको हुन्छ । तर परिणाम त भोलि निर्वाचनले देखाउने विषय हो ।

अहिले गठबन्धनबाट मेयरमा कुनै चौधरी उम्मेद्वार नभएकोले सजिलो छ भन्ने तपाइँ र तपाइँको पार्टीको आकलन हो ?
यो जात विशेषको विषय होइन । हाम्रो देश नै सबै जातजातिको साझा थलो हो । सबै जात जातिको संस्कृतिमा नै नेपाली संस्कृति विकसित हुन्छ । सबै जातजातिलाई सम्मान गर्दै संरक्षण र संवर्धन गर्नु हाम्रो कर्तव्य हो । मेरो जित्ने आधार भनेकै माडीका जनता हुन । उहाँहरुको मप्रति विश्वास छ । यसका साथै पाँच वर्षको मेरो अनुभव , लगनशीलता, इमान्दारिता नै मेरा सफलताका विषय हुन् ।

मेयर हुँदै गर्दा सिंगो माडीलाई तपाइँ कस्तो बनाउनु हुन्छ ?
शिक्षा, स्वाथ्य, खानीपानी, सरसफाइ, विकास निर्माणका कुरा लगायत अन्य बाटो, कलभर्टका कुरा सबैलाई हामीले एकदमै समान रुपमा अगाडि बढाउँछौं । एउटा मात्र काम अगाडि बढाएर यो माडी पूर्ण हुदैन । यहाँ रहेका धार्मिक सांस्कृतिक स्थल, पर्यटन, कृषिमा प्रवद्र्धनका कुराहरु छन् । धेरै कुराहरुलाई समेटेर लानुपर्ने छ । म यी सबै कुराहरुलाई पूरा गर्न सक्छु । माडी नगरपालिकामा आन्तरिक बजेट कम हुँदा हँुदै पनि हामीले विभिन्न स्रोतहरु खोजेर अहिले माडी नगरपालिकाको बजेट बढाएका छौं । यो हिसाबले पनि समन्वय सहकार्य गरेर काम गर्न सकिन्छ । मैले अगाडि बनेअनुसार नै सुन्दर, हराभारा र समृद्ध माडी बनाउनु नै हाम्रो लक्ष्य हो ।

चुनाव आएपछि निकुञ्जको बाटोलाई सबैले एजेन्डा बनाउँछन् । यसमा तपाइँले अगाडि सारेको धारणा के हो ?
राष्ट्रिय निकुञ्जको बाटोको लागि हामी दुई तीन पटक डेलिगेसन पनि गएका हौं । त्यति बेला हामीले प्रधानमन्त्रीदेखि लिएर वन मन्त्री सबैलाई भेटेका हौं । यहाँ विविद्य कारण छन् । कानुनी हिसाबले पनि त्यहाँ अबरोध छ भने अन्य कुराहरु पनि छ । राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा परेको हुनाले अन्य निकायहरुले पनि अनुमति दिनुपर्ने, आफ्नै खुसीले बनाउन नपाइने जस्ता कुराहरु छन् । निकुञ्ज सम्बन्धि ऐनका कुरा छन् । यसमा हामीले सहजीकरण गर्न धेरै प्रयास गरौं । यही कारणले यतिसम्मको बाटो निर्माण भएको हो । हामीले यसलाई धुलो रहित बाटो बनाउने भनेर पनि काम अगाडि बढाउनु पर्छ भनेर हामीले सोचेको हो । तर, विविध कारणले त्यहाँ अहिले रोकिएको छ । यधपि कतिपय कुराहरु नगरपालिकाले आफैले गर्नसक्ने हुन्छ । केहीमा सहयोग लिनुपर्ने हुन्छ । अनुमति लिनुपर्ने हुन्छ । स्थानीय सरकार सञ्चालन ऐनको २२ वटा एकल अधिकार क्षेत्र जुन हामीलाई दिएको छ । यसलाई नै ध्यानमा राखेर हामीले गर्नुपर्ने काम हामीले गर्नुपर्छ । अरु साझा अधिकारको कुरा प्रदेश सँग बाझिएका कुराहरु छन् । त्यो कुराहरुलाई प्रदेश र केन्द्रसँग सहकार्य गरे पनि गर्न सकिन्छ ।

भूमिहिनलाई निस्सा बाडिसकेको छ । यो पनि माओवादी बलियो हुने आधार हो भनिएको छ नी ।
निस्सा कस्ले कस्को पालामा शुरुआत गरेको हो भन्ने कुरा जनताले बुझेका छन् । निस्सा बाड्ने काम भूमि सम्बन्धि समस्या समाधान आयोगको काम कर्तव्य र अधिकार भित्रको विषय हो । माओवादी केन्द्रले बाँडेको होइन । नगरपालिकालाई जे जति अधिकार थियो, त्यो अधिकार क्षेत्रभित्र बसेर हामीले काम गरेर नगरपालिकाले बाँडेको हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

निर्वाचित भएर आउनुभयो भने सुकुमबासी समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई हामीले प्रतिवद्धता पत्रमा स्पष्ट पारेका छौं । हामीले भूमि सम्बन्धि समस्या समाधान आयोग आयोगसँग समन्वय गरेर रोजगार सहितको स्थायी बसोवासको अवधारण ल्याएका छौ । अझै पूर्णरुपमा हामीले निस्सा प्रदान गर्न सकेका छैनौं अब विजय भएर फेरि यसलाई निरन्तरता दिने हो । यस कामको लागि समय लाग्छ । हामी आत्तिनु हँुदैन । अहिले चुनावको माहोल छ । यो लगतै यसलाई हामी निरन्तरता दिन्छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
मैले भष्ट्राचार गर्दिन, गर्न पनि दिन्न । भष्ट्राचारिहरुका लागि गेट बन्द गर्नेछु । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन् । समृद्ध माडी बनाउने विषयमा नै मेरो जीवन समर्पण गर्नेछु ।

363Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement