27Shares

खैरहनी । खैरहनी नगरपालिका यस वर्ष सूचना प्रविधि प्रयोग गर्ने विषयमा चितवनको पहिलो, बागमती प्रदेशको दोस्रो देशभरको चौथो पालिका भएको छ ।
२०७८ जेठ १२ गते सार्वजनिक भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका चितवनका पहिलोे, बागमती प्रदेशको चौथो र देशभरको सातौं भएको छ ।
युवाहरूलाई गरेको प्रोत्साहन र यहाँका युवाले पाएको सफलताका लागि यस नगरपालिकाले युवा प्रतिभा पुरस्कार पनि जित्यो ।

२०७१ वैशाख २५ गते स्थापना भएको यस नगरपालिकामा साविकको खैरहनी, चैनपुर, कुमरोज र कठार गाविस गाभीएको छ ।
खैरहनी नगरपालिकाले शिक्षा, कृषि स्वास्थ्य, प्रशासनिक काम र भौतिक संरचनामा राम्रो फड्को मारेको छ । नगरपालिका बन्नु भन्दा अगाडी अधिकांश मानिस कृषिमा आधारित भए पनि व्यवसायिक कृषि नगन्य थियो । शिक्षा, स्वास्थ्यको अवस्था कमजोर थियो ।
खैरहनी नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिनुभन्दा दस वर्षअघि नै संविधानसभा सदस्य भइसक्नु भएको थियो लालमणी चौधरी । त्यसअघि उहाँ खैरहनी गाविसका अध्यक्ष हुनुहुन्थ्यो । केही आलोचनाका बिचमा पनि चुनावी मैदानमा होमीनु भएका चौधरीले जितेमा केही गरेर देखाउने अठोट लिनु भएको थियो । जनतासँग जोडिएर काम गर्न पाउँदा उनी खुसी लागेको उहाँ बताउनु हुन्छ ।
आम्दानीको स्रोत बढाउँदै नगरपालिका
स्थापना हुँदा खैरहनीको आम्दानी ९८ लाख रूपैयाँ मात्र थियो । अहिले खैरहनीसँग १७ करोडभन्दा बढी आम्दानीको बाटो तयार भइसकेको छ । यसले आन्तरिक स्रोत परिचालन गरेर स्थानीय विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्न नगरपालिकालाई सघाउ पुगेको छ । यस नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ९ करोड ७२ लाख १८ हजार ९ सय २५ रूपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

‘विगतमा गाविस हुँदा अधिकार कम थियो । साना–साना गाविसहरूमा बजेट पनि कम हुन्थे, केन्द्रसम्म पहुँच थिएन । त्यसैले सम्भावना भएर पनि हाम्रो ठाउँ पछि पर्दै आएको थियो,’ मेयर चौधरीले बताउनुभयो ।
११९ प्रतिशत राजस्व संकलन
चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा आन्तरीक श्रोतबाट लक्ष्य भन्दा वढि राजस्व संकलन गरेको छ । गत वर्ष खैरहनीले १० करोड ११ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य भन्दा १९ प्रतिशत वढि राजस्व संकलन भएको खैरहनी नगरपालिका प्रमुख चौधरी बताउनु हुन्छ । गत वर्ष १२ करोड ४ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६÷७७ भन्दा एक प्रतिशत वढि हो ।
यस्तो छ खैरहनीको आम्दानी
(आ.व. २०७७/०७८)
घरजग्गा रजिष्टे«शन– ३,९७,२९०००।–
अन्य संस्थागत आन्तरिक अनुदान– रु.२,९१,२६०००।–
घर वहाल कर– रु.२,३२०००००।–
एकिकृत सम्पती कर– रु.१,८०,७१०००।–
अन्य दस्तुर– रु.१,१३,५७०००।–
सिफारिस दस्तुर– रु.७६,५०,०००।–
नक्सापास दस्तुर– रु.३३,६२,०००।–
भुमिकर÷मालपोत– रु. १२,८२,०००।–
पर्यटन शुल्क रु. १,३४,०००।–
खैरहनी नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएदेखि राजस्व संकलनमा वृदी हुदै गएको छ । जनप्रतिनिधी निर्वाचित भएको वर्ष करिव एक करोड मात्र आन्तरीक श्रोतबाट राजस्व संकलन भएको थियो ।

खैरहनीको पुँजीगत खर्च ८२ प्रतिशत
पूर्वी चितवनको खैरहनी नगरपालिकामा गत आर्थिक वर्ष २०७७÷७८ मा ८२ प्रतिशत भन्दा धेरै पुँजीगत खर्च भएको छ । यो प्रतिशत अघिल्लो आर्थिक वर्ष २०७६÷७७ भन्दा २६.९९प्रतिशत वढि हो । सो आर्थिक वर्षमा ५५.४३ प्रतिशत मात्र पुँजीगत खर्च अर्थात विकासे काम भएको थियो । तर गत आर्थिक वर्षमा कोराना संक्रमणका बीच पनि नगरपालिकाले ८२ प्रतिशत भन्दा वढि पुँजीगत तर्फ खर्च भएको नगरपालिका उपप्रमुख सुनिता थपलियाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत तर्फ कुल वजेट ४५ करोड ८ हजार ३६८ रुपैयाँ विनियोजन भएको थियो । जसमा ३७ करोड ३३ लाख ६५ हजार २४६ रुपैयाँ अर्थात कुल वजेटको ८२.४२ प्रतिशत खर्च भएको नगरपालिका उपप्रमुख थपलियाले बताउनु भयो ।

आत्मनिर्भर बन्दै किसान
प्रविधिसंग कृषक, प्राविधिकसंग कृषक जोडिदै
‘मेरो सपना खैरहनीको कृषियोग्य भूमिलाई सक्दो उपयोग गर्दै किसानलाई समृद्ध बनाउने छ । यहाँसम्म पुग्न अझ धेरै काम गर्न बाँकी छ, यसका लागि श्रम, साधन र पुँजी चाहिन्छ’ मेयर चौधरी बताउनु हुन्छ ।
कृषि उत्पादन तथा उत्पादकत्व वढाउन खैरहनी नगरपालिकाले उत्पादन नियन्त्रण प्रणाली प्रयोगमा ल्याएको छ । मोबाईल एप मार्फत संचालन हुने यो प्रविधि प्रयोग गर्ने खैरहनी जिल्लामै पहिलो हो । खैरहनी कृषि नामक एपबाट किसानले बाली लगाउने अनि उत्पादन बढाउने तरिका, रोग किरा नियन्त्रणका उपाय, मौसम र वजारीकरण लगायतका विषयमा परामर्श तथा जानकारी प्राप्त गरीरहेका छन् । यसको माध्यमबाट किसानलाई प्रविधिसंग र प्राविधिकसंग कृषक जोडिन सजिलो भएको छ ।
यो एप १ सय जना किसानले चलाउन थालिसकेका छन् । यसले खेती प्रणालीको व्यवस्थापन र क्षति न्यूनीकरणमा सघाउने अपेक्षा नगरपालिकाको छ ।
‘एप चलाउन थालेपछि किसानहरू सामान्य समस्या लिएर नगरपालिकाको कार्यालय धाउन पर्दैन। घरमै बसेर समस्या समाधान गर्न सकिन्छ,’ चौधरीले भन्ुभयो ।
फस्टाउँदै तोरी
खैरहनी नगरपालिका मेयर लालमणि चौधरी आपैmँ किसान हुनुहुन्छ । उहाँले तोरी खेती गुर्नभएको छ । उहाँले करिब १ विगाहमा तोरी लगाउनु भएको छ । सँधियारले अन्य वाली लगाएकाले र गहुँ ढिलो पाक्ने भएकाले आपूmले तोरी खेती गरेको मेयर चौधरी बताउनु हुन्छ ।

चितवन खैरहनी १० जीवनपुरका किसान सुर्य चौधरीले पनि यस वर्ष १ विगाहामा तोरी लगाउनु भएको छ ।
खैरहनीको दक्षिण क्षेत्र खेतीका लागि उपयुक्त जमिन मानिन्छ । वडा नम्वर ६, ७, ९, १०, ११, १२ र १३ का सवै जमिनमा तोरि लगाईएको छ । खैरहनी नगपालिका कृषि शाखा प्रमुख कृषि विकास अधिकृत दिपेन्द्र अर्यालका अनुसार यस वर्ष नगरपालिका भित्र तोरी खेती केही वढेको छ । अघिल्लो वर्ष १३१५ हेक्टर क्षेत्रफलमा तोरी खेती लगाईएकोमा यस वर्ष झण्डै १५ सयमा लगाइएको उहाँ बताउनु हुन्छ ।
कृषि विकास अधिकृत अर्यालका अनुसार सजिलै बिक्नेु, बाली लगाउन सजिलो हुने, उत्पादन खर्च कम हुने, माटो, मौसम र बातावरण यसका लागि अनुकुल भएको हुँदा तोरी खेती वढेको हो । यहाँको ५० प्रतिशत जमिनमा तोरी बाली लगाईएको छ भने २० प्रतिशतमा गहुँ, २० प्रतिशतमा तरकारी र १० प्रतिशतिमा अन्य वाली लगाईएको छ ।
मेयर चौधरी आप्mनो कार्यकालमा खैरहनीको कृषि क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्नुहुन्छ । नगरपालिकाभित्र सहकारी संस्थासँग समन्वय गरेर धान, मकै, गहुँ प्रशोधन केन्द्र, पशु दाना मिल, मह प्रशोधन केन्द्र, दूग्ध उत्पादन गर्ने प्लान्ट, शितभण्डार, तरकारी बजार, हाटबजार व्यवस्थापन गरेर कृषिको बजारीकरणका लागि काम गरेको चौधरीले बताउनु भयो ।
दुई वर्षअघि वार्षिक ७५ लाख लिटर दूध उत्पादन हुने गरेको खैरहनी नगरपालिकामा गत वर्ष १ करोड लिटर दूध उत्पादन भएको छ ।
निशुल्क कृषि बीमा
चितवनको खैरहनी नगरपालिकाका किसानले कृषि बीमा गरे बापत तिर्नुपर्ने प्रिमियम रकम नगरपालिकाले दिने गरेको छ । यो कार्यक्रम यही आर्थिक वर्ष २०७७÷७८ बाट लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारी लगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षती हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले ल्याएको निशुल्क कृषि बीमाले लाभ भएको बिमा गर्नुभएका किसान राजेन्द्र पण्डीत बताउनु हुन्छ । उहाँ दुई वर्ष अघि असिनापानी र हावाहुरीले सयौं किसानको बाली क्षती गरेको थियो । खैरहनी नगरपालिका १० खरखुट्टेका किसान कृष्ण अर्याल बीमाको प्रिमियम रकम पाउँदा खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘क्षती भई हाले बीमाले किसानलाई राहत मिल्छ ।’
तरकारी खेती गर्न पोलिहाउसमा प्रोत्साहन
खैरहनी नगरपालिकाले किसानहरुलाई पोलिहाउस मार्फत तरकारी खेती गर्न प्रोत्साहन गरेको छ । यहाँका तीन जना किसानले तरकारीको वेर्ना उमार्न र तरकारी खेती गर्नका लागि पोलिहाउस निर्माण गरेका छन् । त्यसमा नगरपालिकाले अनुदान दिएको छ । खैरहनी १ का किसान वसन्त अर्याल, २ का किसान गोमा तिवारी न्यौपाने र ९ का किसान विक्रम पंन्जियारले पोलिहाउस बनाउनु भएको हो ।
त्यसैगरी नगरपालिकाले थोपा सिंचाई कार्यक्रम लागु गरेको छ । यो विधि अपनाउँदा थोरै पानीले पनि धेरै ठाउँमा सिंचाइ गर्न सकिन्छ । खैरहनी २ का किसान भक्तकुमार शाही र कृष्ण धरेलले सयुक्त रुपमा तरकारी खेती गर्नुभएको छ । उहाँहरुकै लागि थोपा सिंचाईमा अनुदान दिईएको हो । १ विगाहा क्षेत्रफलमा थोपा सिंचाई गरिएको छ । त्यसैगरी खैरहनी १० शान्तिवजारमा नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग चलाएको छ ।
यसका अलवा नगरपालिकाले मकै उत्पादनलाई सजिलो बनाउन र उत्पादन बढाउन साना सिंचाई तथा कुलो, कस्टम हायरिङ सेन्टर स्थापना गरेको छ, सानामेशिनरी औजार उपकरण, विधुतिय मकै छोडाउने मेशिन, लाइनमा मकै रोप्ने मेशिन अनुदानमा वितरण गरेको छ । १७ वटा मत्स्य पोखरी मर्मत गरिनुका साथै ५ वटा नमूना कृषि फार्मको स्थापना गरेको छ । केरा खेती विस्तार कार्यक्रम अन्तर्गत खैरहनी नगरपालिका–४ मा थोपा सिंचाई सहितको एउटा नमूना केरा फार्म स्थापना गरिएको छ ।
नगरपालिकाले १६ हजार १ सय ५१ मिटर लामो कुलो बनाएको छ जस्ले गर्दा बेमौसममा पनि किसानहरुलाई अन्न बालि लगाउन सहज भएको छ ।

भौतिक संरचनामा जोड
यो नगरपालिका हुँदै पाँचवटा खोला बगेका छन् । ती खोला नियन्त्रण गर्नु खैरहनीका सामु ठूलो चुनौती छ । यसले पाँचवटा ठूला पुल आन्तरिक बजेटबाटै निर्माण गरेको छ । आन्तरिक स्रोतबाटै पुल कल्भर्ट ७० वटा बनेको छ । ४० किलोमिटर नाला र ७० किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । ३७ किलोमिटर ढल नाला बनेको छ । यसरी पुल र कल्र्भट बन्दा नगरबासीलाई वर्खायाममा खोला वारपार गर्न सहज भएको छ ।
विद्यालय भवन, १३ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाएको र १५ शैय्याको नगरस्तरीय अस्पताल बन्ने क्रममा रहेको छ । साढे चार वर्षमा नगरपालिकाले २९७ वटा भवन बनाएको छ ।
नगरपालिकाले २८ परिवार सुकुम्बासी मुसहरका लागि घर बनाइदिएको छ । उनीहरूको जीविकोपार्जनका लागि बाख्रापालन, कृषि, घरेलु उद्योगजस्ता काममा पनि नगरपालिकाले सघाएको छ ।
शिक्षामा मारेको छलाङ
खैरहनी नगरपालिका वडा नम्बर–११ स्थित आधारभूत विद्यालय पिद्रहनीमा गत वर्ष २२५ विद्यार्थी रहेकोमा यो वर्ष ३१३ जना विद्यार्थी छन् । भौतिक संरचनामा सुधारसँगै सिकाइ उपलब्धि पनि वृद्धि भएपछि यहाँ विद्यार्थी बढेका हुन् । सो विद्यालयमा अहिले बालविकास कक्षादेखि ७ कक्षासम्म पढाइ हुन्छ ।
नगरका अन्य धेरै विद्यालयहरुले सुधार गरेका छन् । मगनी, गोठेश्वर, धर्मेश्वर , शान्तिबजार, सुल्तना, कुनाघारीलगायत धेरै आधारभूत विद्यालयले सुधार गरेको नगर शिक्षा अधिकारी राजु बानियाँ बताउनु हुन्छ ।
खैरहनी नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये ६ वटा माध्यमिक तहका विद्यालय हुन् । पालिकाको निर्वाचन भएपछि खैरहनीमा सामुदायिक विद्यालयको अवस्थामा सुधार आएको नगर शिक्षा अधिकारी बानियाँ बताउनु हुन्छ । ‘स्थानीय तह लागू भएपछि जनप्रतिनिधि र कर्मचारीको प्रत्यक्ष निगरानी बढ्यो’, नगर शिक्षा अधिकारी बानियाँ धेरै विद्यालयको अवस्थाले सुधार गरे, केही विद्यालयले निकै मेहनत गर्नुपर्ने बताउनु हुन्छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी जनप्रतिनिधि, कर्मचारी, विद्यालय, अभिभावकको अथक प्रयासले धेरै सामुदायिक विद्यालयमा सुधार आएको बताउनु हुन्छ । ‘हामीले विद्यालयलाई नजिकबाट बुझ्ने मौका पायौँ, आवश्यकता अनुसार कार्यक्रम बनायौँ, अभिभावकले पनि बुभ्mनुभयो । यसले गर्दा उपलब्धि देखिँदैछ ।’ ‘एकैपटक नतिजा खोज्ने होइन’, नगरप्रमुख चौधरी भन्नुहुन्छ, ‘सुधारको सङ्केतले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने उदाहरण यहाँका विद्यालय भएका छन् ।’
शैक्षिक गुणस्तर वृद्धिका लागि खैरहनीमा अहिलेसम्म एउटामात्रै विद्यालय गाभिएको छ भने केही विद्यालयको कक्षा तह घटाइएको छ । नगरभित्र रहेका ६ वटा माध्यमिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा वृद्धि गर्न थालेका छन्, विद्यार्थी संख्या पनि बढ्दो क्रममा छ ।
यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुमा दिवा खाजा कार्यक्रम, लकडाउनपछि रोजगारीको अवस्था, अंग्रेजी माध्यमबाट पढाइ, सेनेटरी प्याड वितरण, भौतिक संरचनामा सुधार, अभिभावकको बुझाइ, सकारात्मक हुनु, सक्षम शिक्षक आदि रहेको नगर शिक्षा अधिकारी बानियाँ बताउनु हुन्छ ।
चौधरीले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयको भौतिक संरचना निर्माणका लागि काम गरेको भन्दै अब शैक्षिक गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताउनु भयो । भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिका केही संकेत देखिन थालेको उहाँ बताउनु हुन्छ ।

उद्धार र आश्रय भवन
खैरहनी नगरपालिका वडा नम्वर ४ की ज्योति चौधरी नाम परिवर्तन का श्रीमान वेरोगार छन् । खानेकुरा देखी बच्चाको लालन पालनका विषयमा उनीहरु बिच झगडा हुन्छ । उनी न्याय माग्दै नगरपालिकाको ढोकामा आईन ।
उता घरकाले भने घरको कुरा बाहिर लगेको भनेर घरमा वस्न दिएनन् । दुईदिनसम्म उनको बास नगरपालिकाले बनाएको पुर्नस्थापना केन्द्रमा भयो । नगरपालिकाले मुद्धा मेलमिलाप गरेर पठाईदीए पछी उनी घरमै छन् ।
नगरपालिकाको न्यायिक समिति, राजस्व परामर्श र योजना अनुगमनको नेतृत्व गर्ने उपमेयर थपलियाले आफ्नो कार्यकालमा अन्यायमा परेकालाई न्याय दिलाउन, मेलमिलाप गराउन, राजस्वको दायरा बढाउन र धेरै योजना समयमै सम्पन्न गराउन लागिपरेको बताउनु भयो । उहाँका अनुसार यहाँको न्यायिक समितिमा मासिक ६० वटासम्म मुद्दा पर्ने गरेका छन् । तीमध्ये करिब आधा दर्जन महिला हिंसासम्बन्धी मुद्दा पर्ने गरेका छन् । ‘हामीले सकेसम्म सम्झाई बुझाई मेलमिलाप गराएर मुद्दा टुंग्यायौं, धेरै जना यहाँ आएपछि मेलमिलाप गरेर खुसी हुँदै फर्कनुभएको छ,’ उहाँ भन्नुहुन्छ । ‘पहिले अदालतै धाउनुपर्ने मुद्दा नगरपालिकामै हल हुँदा जनता खुसी भएको पाएका छौ ं।’
यस नगरपालिकाले महिला पूर्नस्थापना केन्द्र, आश्रय स्थल र जेष्ठ नागरीक विश्राम स्थल चलाएको छ । पूर्नस्थापना केन्द्रमा द्धन्द्धबाट प्रभावित महिला तथा बालबालिका, हिंसामा परेका महिला, बालबालिकाहरुलाई उद्धारका लागि राख्ने गरेको छ ।
त्यस्तै वडा नम्वर ५ स्थित दुर्गा मन्दिर परिसरमा जेष्ठ नागरिक विश्राम स्थल निर्माण गरिएको छ । भवनमा टिभी जडान गरिएको छ भने पुस्तकालयको समेत व्यवस्था गरिएको छ । यस भवनमा समस्यामा परेकाले यहाँ वस्न पाउँछन्, दिन कटाउन चोक चौतारामा वस्ने बुबाआमा विश्राम स्थलमा रमाउन सक्छन् । अध्ययन गर्न चाहनेहरुका लागि पत्रपत्रिका, पुस्तक, धार्मिक कितावहरु पनि राखिएको छ ।”

अनलाईनबाट राजस्व भुक्तानी
सुचना, प्रविधि लेखाजोखामा देशकै उत्कृष्टमध्येको एक वनेको चितवनको खैरहनी नगरपालिकाले अनलाईन विद्युतिय प्रणालीबाट राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । विद्युतीय प्रणलि मार्फत राजस्व तिर्न सक्ने सेवा उपलव्ध गराउने जिल्लाका पालिकामध्ये खैरहनी पहिलो हो ।
मेयर चौधरीले भन्नुभयो –नगरवासीलाई सुविधा दिन नयाँ सेवा दिएको उहाँले बताउनु भयो ।


नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीले विधि, प्रक्रियाहरू मिलाएर काम गर्दै जाँदा छोटो अवधिमै नगरपालिका उत्कृष्ट बन्दै गएको बताउनु भयो ।
स्थानीय समाजसेवी मुरलीप्रसाद गजुरेल नगरपालिकाले तल्लो तहमा पुगेर जनतालाई राहत दिने गरी काम गर्न अझै बाँकी रहेको बताउनु हुन्छ । उहाँ ’तल्लो तहमा पुगेर जनतालाई प्रत्यक्ष राहत हुने गरी काम गर्न त अझ बाँकी छ तर स्थानीय सरकारले चार वर्षमा जे गरेको छ, त्यसमा असन्तुष्ट हुनुपर्ने ठाउँ कम छन् ।”
नेकपा माओवादी केन्द्र खैरहनीका पूर्वअध्यक्ष लक्ष्मी ढकालले ले खैरहनी नगरपालिकाले छोटो समयमा राम्रो काम गरेको बताउनु भयो । ‘जनताको कामलाई सबैथोक भनेर लाग्ने मेयर पाउन गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
नयाँ नगरपालिकामा पहिलोपटक जनप्रतिनिधि भएर आएकाहरूका लागि भौतिक र प्रशासनिक संरचना तयार पार्नु, आर्थिक गतिविधि चुस्त पार्दै स्रोत बढाउनु र सेवा प्रवाह प्रभावकारी बनाउनु ठूलो उपलब्धी मान्न सकिन्छ । खैरहनीका १३ वटै वडालाई सम्पन्न बनाउँदै गाउँ–गाउँमा सिंहदरबारको नारा साकार पार्ने गरी काम गरेर देखाउन यहाँका जनप्रतिनिधिलाई अझै चुनौती छ ।

27Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement