124Shares

चितवन / माघ १७ गते शनिबार दिनको १२ बजे पनि आकाश खुलेको थिएन । बिहानैबाट आकाश अध्यारो थियो । त्यति हुदाँहुदै पनि म भने मनैबाट खुसी थिएँ । निर्माण व्यवसायी संघको २७ औ साधारण सभामा सम्मानित हँुदै थिएँ ।
शनिबार अन्य दिनभन्दा जाडो थियो । सम्मान लिन जाँदा कुन लुगा लगाउँ भनेर मनमा कुरा खेले पनि जाडोका कारण आफूलाई न्यानो हुने गुलाफी रंगको टप्स, रातो कोट, कालो पाईन्ट, कालो जुता र गलामा कालो सल बेरँे ।
बिहान आठ बजे म घरबाट निर्माण व्यवसायी संघ चितवनको कार्यक्रम स्थल चितवन गार्डेन रिसोर्टतर्फ लागे । सम्मान कार्यक्रबाट लगत्तै जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने विभिन्न कार्यक्रममा मलाई जानु थियो । निर्धारित समयभन्दा धेरै करिब दुई घण्टापछि कार्यक्रम सकिएका कारण हतार हतार म लगायत अन्य पत्रकार साथीहरु आनन्द पोख्रेल, विप्लब काफ्ले, शिव शर्मा र रविना पौडेल भरतपुर बिमानस्थलतर्फ आयौँ ।
मसंग पत्रकार रविना पौडेल बहिनी हुनुहुन्थ्यो । उहाँसंग आज कहाँकहाँ कालो झन्डा देखाउने हुन् र बेलुन उडाउने होला भनेर संम्भावित ठाउँहरुको बारेमा कुरा गर्दै भरतपुर बिमान स्थल आईपुगियो । बिमान स्थलमा सुरक्षा व्यवस्था निकै कडा थियो । बाटो वारी नै स्कुटर पाकिैङ्ग गरेर बिमानस्थल तर्फ लागीयो । बिमान स्थलको बाहिर बायाछेउमा स्टेज तयार थियो ।
प्रधानमन्त्रीले पुल्चोक गोन्द्राङ्ग सडक बिस्तारको शिलान्यास गर्ने कार्यक्रमको तयारी हुदै थियो । म पनि सोही कार्यक्रममा सहभागी थिएँ । सुरक्षाकर्मीले चेकजाँच गरेपछी म कार्यक्रम स्थलतर्फ मोडिएँ । कार्यक्रमस्थलमा धेरै पत्रकार साथीहरु हुनुहन्थ्यो । सबैलाई नमस्कार गर्दै गएँ । उहाँहरुले बधाई दिनुभयो ।
कार्यक्रम स्थलमा प्रवेश गरेको केही समयमा नै केही महिलाहरुले मलाई एकोहोरो हेरिरहेको भान भयो । अप्ठेयारो महसुस गरँे । कतै मैले लगाएको कपडा विग्रीयो की भन्ने मनमा कुरा खेल्यो । हेरँ,े सबै ठिक छ । पत्रकार अनिल ढकाल, बसन्त पराजुली, तिलक रिमाल, अपिल घिमिरे भएको छेउमा उभिएको थिएँ ।
एक जना महिला आएर ‘तपाई कहाँबाट ?’ भनेर सोध्नुभयो ।
मैले सहज तरीकाले ‘म पत्रकार भनेँ ।’
उहाँले कार्ड देखाउन भन्नुभयो । सोही बमोजीम मैले पत्रकार महास्रघको कार्ड देखाए । उहाँ हामी भएको ठाँउबाट कार्यक्रम स्थल तर्फ लाग्नुभयो । उहाँ गएको केही समय पछि नै एक सुरक्षाकर्मी मेरो छेउमा आएर नमस्कार गर्नुभयो । मैले नमस्कार फर्काए ।
एकदमै बिनम्रतापूर्वक उहाँले ‘म्याम गाह्रो नमान्नु, तपाईको कालो सल झोलामा राख्नु’ भन्नुभयो ।
हामी पत्रकार सबै हास्यौ । सोही समयमा नै हामी बसेको माथि कालो बेलुन उडेर आयो । सबैको ध्यान मेरो कालो सल छोेडेर आकाशमा उडेको कालो बेलुनतर्फ मोडियो ।
जिल्लामा प्रधानमन्त्री आउदै हुनुहुन्छ र सोही कार्यक्रममा समाचार संकलन गर्न जानुपर्छ भनेर सोही बमोजीम घरबाट निस्किएको थिएँ । तर मेरो मन कालो थिएन । मैले गर्ने पत्रकारिता कालो थिएन । अनि मैले कालो दृष्टिले सोँचिन पनि । मेलै ओढेको कालो सलले प्रधानमन्त्रीको सुरक्षामा असर पर्छ भन्ने पनि मलाई लागेन ।
देशको प्रधानमन्त्रीलाई मैले सम्मान गर्नुपर्छ । यसैले मैले घाँटीमा बेरेको कालो सले उहाँलाई पक्कै असर पु¥याएको छैन होला । प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले पनि सर्वसाधारणले लगाएका कुनैपनि वस्त्रलाई उहाँको सम्मान÷अपमानसँग जोड्न हुँदैन जस्तो लाग्छ ।

124Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement