18Shares

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएका १० जनामध्ये ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको छ।

बसमा करिब ३० जना सवार रहेको अनुमान गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। बससडकबाट झण्डै सय मिटर तल खसेको आबुखैरेनी प्रहरी चौकीका प्रमुख बुद्धि सुवेदीले बताए। मृतकको सनाखत हुन सकेको छैन। ‘सडकबाट सय मिटर तल नदी किनारमा पुगेको छ’, उनले भने, ‘अहिलेसम्म १० जना घाइतेको उद्धार गरिसक्यौं।’ बस आइतबार साँझ करिब ६ बजे दुर्घटना भएको हो।

18Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement