आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्लाबारे आयोग भन्छ– सत्य हाेइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हल्लामा कुनै सत्यता नभएको बताए ।
केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तीनै समाचार भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दावी गरिएको छ । आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनायो ।
प्रवक्ता भट्टराईले नेपाल प्रेससँग भने, ‘मिडियाले आफूखुशी समाचार लेख्छन्, आफैं निर्णय सुनाउँछन् । त्यसमा कुनै पनि सत्यता छैन ।’
तामाङको उम्मेदवारी सम्वन्धमा आयोगमा छलफल नभएको भन्दै उनले मिडिया ट्रायल गर्न खोजिएको जनाए ।
निर्वाचनको मनोनयन दर्ताका बेला पनि तामाङसँग जर्मनीको पीआर रहेकाले उनी उम्मेदवार बन्न नसक्ने दावी विरोधिहरुले गरेका थिए । त्यसबेला तामाङले आफ्सँग विगतमा जर्मनीको टिआर (टेम्पोरेरी रेजिडेन्सी भिसा) रहेको भए पनि अहिले निस्क्रिय भइसकेको बताएकी थिइन्। आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकार गरेको थियो ।
सम्बन्धित खवर
-
काठमाडौं, फागुन २० – नेपालको ...
-
By the focusing on in charge gambling and solid study security ValorBet Gambling establishment shows its dedication to long term believe strengthening having its neighborhood. This process ...









