67Shares

शान्ता अधिकारी, भरतपुर । चितवन राष्ट्रिय निकुञ्नसंगै जोडीएको छ घर खेत । यही जन्म भयो । यही निकुञ्ज भित्र घाँस, दाउरा गर्ने, निउरो टिप्ने, माछा मार्ने र खेतीपाती गरेर दैनिकी कटिरहेको थियो । विगत नौ वर्षदेखि शान्ती कुमालको परिचय फेरिएको छ ।

कृषि बालीमा रासायनिक विषादीको दुरूपयोग बढेर स्वास्थ्य तथा वातावरणमा नकारात्मक असरहरू परीरहेको छ । यता शान्तिले भने अर्गानिक चुकन्दर र गाजर उत्पादन गरेर जर्मन निर्यात गर्न सफल हुनु भएको छ । हरेक उत्पादन शन्य एग्रोभेट विलिगको उत्पादन गरेका छौ । शान्ति भन्नुहुन्छ, “हाम्रो उत्पादनलाई चाहिने मल र विषदी आफैले बनाउने गरेका छौ । बिना रासायनिक माटोलाई स्वस्थ बनाउन नै समय लाग्ने र माटो स्वथ्य भएपछि उत्पादन वृद्धि हुनुका साथै लागत पनि कम लाग्ने उहाँको भनाई छ । अहिले रासायनिक मल र प्रागारिक मलबाट उत्पादन गर्दा मलाई बढी मुनाफा हुने गरेको छ । उत्पादन स्वस्थ पनि हुने, स्वादिलो हुने र लामो समय टिकाउन सकिन्छ ।”

जिल्ला प्रा∙ारिक संघ, चितवन मार्फत सय टन चुकन्दर र सय टन गाजर निर्यात गरीएको शान्ति बताउनु हुन्छ । सुर्खेतमा जर्मनहरूकै प्रशोधन कारखाना छ, उहाँले भन्नुभयो, “त्यहाँबाट यसको प्रशोधन गरेर सातु (धुलो) जर्मन लगिन्छ ।’ अग्र्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च भएका कारण आगामी वर्षदेखि यस खेतीको विस्तार समेत गरिने शान्तिको भनाई छ । जर्मन निर्यातको लागि डेढ विघा बारीमा ३० टन चुकन्दर र करिब २० टन गाजर उत्पादन भएको उहाँ बताउनु हुन्छ । उहाँले यो अग्र्यानिक चुकन्दर एउटै १ केजीभन्दा बढी वजनको भएको बताउनु भयो ।

चितवनका एक दर्जन किसानले अग्र्यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर चुकन्दर र गाजर जर्मन निर्यात गरेका हुन् । किसानले उत्पादन गरेका चुकुन्दरको बीउ नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट सिफारि गरेको स्थानीय बीउबाट उत्पादन गरिएको हो । यसअघि पनि शान्तिले अग्र्यानिक भ्याली र अग्र्यानिक भेन्चर बिक्रेता मार्फत अग्र्यानिक तरकारी, धान, मकै, गहुँ, तोरी, तरकारी लगायतका कृषि उपज बिक्री गर्दै आउनु भएको छ ।

९ वर्ष अघिबाट व्यावसायिक अग्र्यानिक कृषि उत्पादन गर्दै आउनु भएका शान्ति कुमाल र श्रीमान छविलाल न्यौपानेको कृषि उत्पादन जर्मनी बजार पुगेसंगै उहाँहरु अहिले सबैको प्रेरणाको स्रोत बन्नुभएको छ । चितवनबाट अग्र्यानिक चुकन्दर र गाजर जर्मन निर्यात गर्न त्यति सहज भने थिएन । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्रा∙ारिक कृषि उत्पादन केन्द्र मार्फत उहाँहरुको उत्पादन जर्मन पुगेको हो ।

झण्डै तीनदशक अघि आफ्नो घरको लागि मात्र अग्र्यानिक कृषि उत्पादन गर्दै आउनु भएकी शान्तिले ९ वर्ष अघिबाट अग्र्यानिक उत्पादनको अभियान शुरु गर्नुभएको हो । भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्रा∙ारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनु भएको छ । यहाँको व्यवस्थापनको पाटो शान्तिले मिलाउने गर्नुभएको छ भने प्रा∙ारिक मल र विषादी श्रीमान छबिले बनाउने गर्नुभएको छ ।

गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएको बताउदै शान्ति भन्नुहुन्छ, “विसं २०७४ देखि तरकारीखेती सुरु गरे पनि त्यसको दुई वर्षपछि पूर्णरुपमा प्रा∙ारिक खेतीतर्फ लागेका हौ।” उहाँहरुको बारीमा मौसमअनुसारको तरकारीसँगै खाद्यान्नबाली धान, गहुँ, मकै, तोरीको उत्पादन गर्ने हुने गरेको छ ।

संसारभरि नै प्रा∙ारिक कृषिको माग बढ्न थालेको छ। रासायनिक मल तथा विषादिहरूको प्रयोग नगरी गरिने यो खेतीले खेतमा काम गर्न मानिसको स्वाथ्यलाई असर नगर्ने र उपभोक्ताहरुको स्वाथ्यको लागि पनि राम्रो मानिने शान्ति बताउनु हुन्छ । हानिकारक मल, बीउ, विषादी, सामग्री र व्यवहारहरूको प्रयोग नगरिकन सकेसम्म प्राकृतिक र स्थानीय स्रोतसाधनको प्रयोग गरेर उत्पादनहरु उत्पादन गर्ने गरेको उहाँको भनाई छ । आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा ३० लाख हाराहारीको बिक्री गर्न सकेको शान्ति बताउनु हुन्छ । पा∙ारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उत्पादनहरु बिक्री गर्ने गरेको बताउनु भयो । यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ संगै यो वर्षबाट विदेश निर्यात हुन थालेको छ ।


स्थानीय २१ घरधुरीलाई रोजगारी दिएको बताउदै शान्ति भन्नुहुन्छ, “प्रा∙ारिक उत्पादन गर्दा खेतला बढी लाग्छ । तर यस्ले दिने फाईदा भने निकै धेरै रहेको छ । यसको महत्व अझै बुझाउन सकिएको छैन । मेरोमा काम गर्ने खेतला सबै महिला हुनुहुन्छ । निकुञ्जको छेउमा भएका कारण जंगल जानुपर्ने बाध्यता उहाँहरुको हटेको छ । ” रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।” आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको छु ।”


कृषिमा लाग्ने महिलालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ । विना धितो वित्तीय सुविधाको व्यवस्था गर्ने, महिला कृषकले उत्पादन गरेको कृषि उपजका लागि छुट्टै अनुदान गर्ने, औजारहरु महिला मैत्री भएमा महिला कृषिमा लागेकै कारण पछाडि पर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाई छ ।
किसानले प्रयोग गर्ने मल, विषादी र हाइब्रिड प्रजातिका खेतीबालीलाई माटो कमजोर हुने कारक अध्ययनले मानेको छ । तर, सरकारले वैकल्पिक कृषि प्रणालीलाई भन्दा बढी रासायनिक मल प्रयोगमा सहयोग गरेको उहाँको भनाई छ । तथ्याड्ढले पनि यही बताउँछ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ किसानले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि खेती गर्छन् । यो संख्या १० वर्षअघिको गणनाको तुलनामा ११ प्रतिशतले कमी हो । २०६८ को कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर जमिनमा ३८ लाख ३१ हजार ९३ जना किसानले खेतीपाती गर्थे । १० वर्षमा किसान ११ प्रतिशतले घटेका छन् । खेती गर्ने जमिन पनि घट्यो । तर, सरकारी तथ्याड्ढ अनुसार रासायनिक मलको प्रयोग चाहिँ बढ्दै गएको छ । कृषि गणनाकै प्रतिवेदनअनुसार १० वर्षको बीचमा विषादी तथा रासायनिक मल प्रयोग गर्ने किसानको संख्या २९ प्रतिशतले बढेर ४४.६ प्रतिशत पुगेको छ ।

 

आफूले गरेको जैविक खेतीबाट राम्रो उत्पादन भएको र माटोको उर्वर क्षमता पनि राम्रो भएको उहाँको दावी छ । किसानहरु आजभोली बिना माटो जाच, बिना प्राविधिक सल्लाह बोराका बोरा रासायनिक मल प्रयोग गर्न थालेका छन् जसका कारण दिनानुदिन माटोको स्वास्थ्य बिग्रदो अवस्थामा रहेको शान्तिका श्रीमान छविलाल न्यौपाने बताउनु हुन्छ । रासायनिक मलले कुनै एक वालिको उत्पादनमा तुलनात्मक फरक ल्याएता पनि दीर्घकालीन उत्पादनमा प्रा∙ारिक मसँग प्रतिस्पर्धा गर्न नसकिने न्यौपाने बताउनु हुन्छ ।


प्रा∙ारिक मलको प्रयोगले सूक्ष्म जीवाणु हरुलाई व्यापक फाइदा पुग्ने उहाँ बताउनु हुन्छ । माटोको बनोट परिवर्तन गर्ने, मोटोको उत्पादन लागतमा वृद्धि, वायु प्रदूषण, उर्बराशक्तिमा ह्रास हुने हुदाँ क्षणिक रुपमा राम्रो उत्पादन देखिएता पनि अप्रत्यक्ष रूपमा रासायनिक मलले माटोको उर्वराशक्ति घटाउने उहाँको भनाई छ ।

67Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement