0Shares

भरतपुर । चितवनको भरतपुर-१२ मालपोत चोकस्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ४ सय ११ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट  सामाजिक दायित्व बहन गर्दै  प्रभात दिदीबहिनी साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाकी अध्यक्ष साधना श्रेष्ठ पोखरेलले जनाउनुभएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, प्रभात दिदीबहिनी साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement