0Shares

रत्ननगर । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ६ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) रत्ननगर ११ को घरदैलोका कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिनुभयो । पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहनुभएको छ ।

रत्ननगर– १३ मा एमालेको घरदैलो
नेकपा एमाले रत्ननगर वडा नं. १३ ले घरदैलो गरेको छ । घरदैलोसँगै आयोजना गरिएको कोणसभामा बोल्दै एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडीले बेरोजगारी समस्या, महिला तथा युवाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महिलाका समस्याहरु धेरै भएकाले महिलाको पाठेघर, स्तनक्यान्सर जस्ताको स्वास्थ्य जाँच ६÷६ महिनामा वडाका विभिन्न स्थानमा शिविर राखी परीक्षण गर्नेछु ।’ उपमेयर पदका उम्मेदवार यादवप्रसाद पाठकले रत्ननगर नगरपालिकाको तर्फबाट बिना ब्याज ऋण उपलब्ध गराई व्यापार व्यवसाय गर्न दिइने बताउनुभयो । जग्गा नभएकालाई निःशुल्क जग्गा उपलब्ध गराई खेतीपाति गर्न दिइने पाठकको भनाइ थियो ।
एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी, उपमेयरका उम्मेदवार यादव पाठक, वडा न १३ का वडाध्यक्ष पदका उमेदवार सुवास घिमिरे, सदस्यका उम्मेदवारहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार सहित

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement