0Shares

चितवन, २५ फागुन । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष र चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचनको सबै प्रक्रिया टुंगो लागेपछि मात्रै उहाँहरुलाई औपचारिक घोषणा गरिने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले न्यूजभित्तोलाई जानकारी दिनुभयो । यस्तै उद्योगतर्फको उपाध्यक्षमा पनि चिरिञ्जीवि सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ श्रेष्ठ प्यानलबाटै उम्मेद्वारी दिनुभएको थियो ।

यस्तै वाणिज्यतर्फ उपाध्यक्षमा शिरिष पन्त र शंकर नेपाल, कर्पोरेटतर्फको उपाध्यक्षमा राजेन्द्र ओली र भोजराज कौडेलको उम्मेद्वारी परेको छ । भोलि बिहीबार विहानसम्म उम्मेद्वारी फिर्ताको समय रहेको छ ।

यस्तै सदस्यमा महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघतर्फ रेशमलाल आचार्य, कर्पोरेटतर्फ डा जीवन कुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरि उद्योगतर्फ ६ जना सदस्यका लागि ७ जनाको उम्मेद्वारी परेको छ भने वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेद्वारी परेको छ । सबैभन्दा धेरै वाणिज्यतर्फ ६ जनाको लागि १२ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय रहेको थियो । यस्तै बिहीबार दिउँसो १२ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय रहेको छ । दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै दिउँसो ३ बजे उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रम रहेको छ । मतदान प्रक्रिया फागुन ३० गते विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने छ भने चैत १ गते मतगणना हुनेछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement