0Shares

 

भरतपुर, साउन २३ । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १–७) को अवसरमा”Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने मूल नाराका साथ नर्सिङ कलेज र NPI–नारायणी सामुदायिक अस्पतालको संयुक्त आयोजनामा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा BSN तेस्रो वर्षका विद्यार्थीहरूले स्तनपानको महत्व, आमाको दूधका फाइदा, शिशुको स्वास्थ्य तथा पोषणसम्बन्धी विषयमा जनचेतनामूलक प्रस्तुति दिएका थिए। साथै, विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, नवप्रवर्तन तथा व्यावहारिक सीप प्रदर्शन गर्ने उद्देश्यले Toys Exhibition समेत आयोजना गरिएको थियो।


NPI–नारायणी सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा नवजात शिशुको समुचित वृद्धि–विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ जीवनको आधार निर्माणमा आमाको दूधको महत्वबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई जन्मपछिको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, शिशुलाई पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने सन्देश पनि दिइएको थियो।

कार्यक्रम नर्सिङ कलेजकी प्रधानाचार्य निशा ढकाल तथा NPI–नारायणी सामुदायिक अस्पतालकी मेट्रोन सबिना गुरुङ को नेतृत्व तथा सहजीकरणमा सम्पन्न भएको थियो।


यस्ता कार्यक्रमले स्तनपानप्रति समुदायमा सकारात्मक जनचेतना फैलाउनुका साथै भावी नर्सिङ जनशक्तिको व्यावहारिक सिकाइ, सामाजिक उत्तरदायित्व र स्वास्थ्य प्रवद्र्धन अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement