0Shares

कास्की । तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा चित्रबहादुर गुरूङ (सोल्टी, चितवन) चयन भएका छन् । सिक्लेसमा सम्पन्न छैटौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिता गुरूङ (गोरखा), महासचिवमा केशव गुरूङ (सिन्धुली), सचिवमा दानबहादुर गुरूङ (चितवन) र कोषाध्यक्षमा रत्ना गुरूङ (स्याङ्जा) चयन भएका छन् ।

सदस्यहरुमा भने रामबहादुर गुरूङ (रुपन्देही), किरण गुरूङ (कास्की), विवेक गुरूङ (स्याङ्जा) र विवर गुरूङ (गोरखा) चयन भएका हुन् । आगामी तीन वर्षका लागि चयन भएको कार्यसमिति सर्वसम्मत भएको अध्यक्ष मण्डलका संयोजक डण्डबहादुर गुरूङले जानकारी दिए ।

नयाँ कार्यसमितिलाई वरिष्ठ पत्रकार एवम् सञ्चार विज्ञ अनिता गुरूङले गुरूङ भाषामा शपथग्रहण गराएकी थिइन् । साथै चितवन, कास्की र काठमाडौँ जिल्लाबाट निर्वाचित भएका जिल्ला कार्यसमितिका अध्यक्ष एवम् समितिलाई पनि रिपा लगाएर बधाई ज्ञापन गरिएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement