0Shares

भरतपुर । नेपाली कांग्रेस चितवनको वडा अधिवेशन असोज ३ र ४ गते सम्पन्न भएको छ । नेपाली कांग्रेसका चितवन जिल्ला सचिव ध्रुवराज पोखरेलका अनुसार चितवनमा रहेका ९८ वटा वडामा अधिवेशन सकिएको छ । चितवन पोष्टसँगको कुराकानीमा उनले ९२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताए ।

‘चितवनका ६ वटा वडामा निर्वाचन प्रक्रिया चल्यो, बाँकी ९२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भयो’ सचिव पोखरेलले भने, ‘वडामा छानिएका क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत भएका छन् ।’

उनका अनुसार सोमबार बेलुकासम्म सबै वडाबाट नतिजा आउनेछ । ‘गाउँगाउँमा निर्वाचन अधिकृतहरु खटिएका छन्, उनीहरुबाट सबै विवरण आइसकेको छैन’ सचिव पोखरेलले भने ।

भरतपुर महानगरका २९ वडाको अधिवेशन सम्पन्न भएको सचिव पोखरेलले बताए । वडा नं–१ को वडा सभापतिमा भरत कुँवर, वडा नं–२ मा विजय पराजुली, वडा नं–३ मा नवराज शाही, वडा नं–४ मा ईश्वर प्रभाकर श्रेष्ठ, वडा नं–५ मा राजुप्रसाद श्रेष्ठ, वडा नं–६ मा मुक्ति पोखरेल वडा सभापतिमा सर्वसम्मत भएका छन् ।

यसैगरी वडा नं–७ मा दीपेन्द्र ढकाल, वडा नं–८ मा शशीधर सापकोटा, वडा नं–९ मा युवराज पौडेल, वडा नं–१० मा बद्रिप्रसाद पौडेल, वडा नं–११ मा राजेन्द्र न्यौपाने (राजु), वडा नं–१२ मा शान्ता सेढाईं, वडा नं–१३ मा शोभा रेग्मी, वडा नं–१५ मा घनश्याम केसी वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, वडा नं–१६ मा भानुभक्त सापकोटा, वडा नं–१७ मा टंक घले, वडा नं–१८ मा रवीन्द्र अर्याल, वडा नं–१९ मा बालमाया घले, वडा नं–२० मा रामकृष्ण कोइराला, वडा नं–२२ मा युवराज क्षेत्री, वडा नं–२३ मा कृष्णबहादुर दवाडी, वडा नं–२४ मा जीतबहादुर सारु मगर, वडा नं–२५ मा युवराज दवाडी, वडा नं–२७ मा तुल्सीनाथ सुवेदी, वडा नं–२८ मा दण्डपाणि ढकाल, र वडा नं–२९ मा नीरबहादुर गुरूङ (भरत) वडा सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी, रत्ननगर नगरपालिकाका १६ वटै वडामा वडा अधिवेशन सम्पन्न भएका छन् । जसअनुसार वडा नं–१ को वडा सभापतिमा विष्णु अधिकारी, वडा नं–२ मा युवराज तिमिल्सेना, वडा नं–३ मा दयानिधि अर्याल, वडा नं–४ मा रामकुमार चौधरी, वडा नं–५ मा विकास गुरूङ, वडा नं–६ मा किरण महतो, वडा नं–७ मा मंगल महतो, वडा नं–८ मा श्रीकान्त पौडेल वडा सभापतिमा निवाचित भएका छन् ।

यसैगरी, वडा नं–९ को वडा सभापतिमा केशवबहादुर मल्ल, वडा नं–१० मा सोमप्रसाद भट्ट, वडा नं–११ म दुर्गादत्त न्यूरे, वडा नं–१२ मा श्रीकृष्ण घिमिरे, वडा नं–१३ मा ईश्वरप्रसाद खनाल, वडा नं–१५ मा केशवबाबु घिमिरे र वडा नं–१६ मा चीजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सचिव धु्रव पोखरेलले अन्य पालिकाको वडा सभापतिसहितका पदाधिकारीको विवरण आउन बाँकी रहेको बताए ।

महानगर सभापतिका आकाङ्क्षी न्यौपाने निर्वाचित

नेपाली काग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा महानगरपालिका सभापतिका आकाङ्क्षी बुद्धिकान्त न्यौपाने क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न भरतपुर महानगरपालिका वडा नं–६ को अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

प्रजातन्त्रका सेनानी स्व. चन्द्रकान्त न्यौपानेका छोरा एवम् महानगरपालिकाका कार्यवाहक सभापतिको रुपमा काम गरिसकेका न्यौपाने १५औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएसँगै महानगर सभापतिका लागि दौडमा छन् । पार्टीमा इमानदार कार्यकर्ताको रुपमा रहेका न्यौपाने आममतदाताको बीचमा रूचाइएका उमेदवारको रुपमा रहेका छन् ।

नेपाली कांग्रेसको हरेक आन्दोलनमा मह¤वपूर्ण भूमिका निर्वाह गर्दै आएका न्यौपानेले आफू नगर सभापति भएपछि महानगर कांग्रेसलाई अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

महानगर सभापतिका दाबेदार अधिकारी सर्वसम्मत

भरतपुर महानगर सभापतिका दाबेदार कृष्णविलास अधिकारी नेपाली कांग्रेस भरतपुर–१० बाट सर्वसम्मतरुपमा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट अधिकारीसहित सबै क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएका हुन् । क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै अधिकारीले महानगर सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन् ।

‘वडाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गर्नुभएको छ, अब महानगरको नेतृत्व लिन वैधानिकरुपमा तयार भएको छु’, अधिकारीले भने ।

बौद्धिक, शैक्षिक व्यक्तित्व अधिकारी कांग्रेसमाझ लोकप्रिय नेता हुन् । आउँदो नेतृत्व युवासँगै सक्षम व्यक्तित्वको आवश्यकता रहेको भन्दै आफूलाई विश्वास गर्नेमा अधिकारी आशावादी छन् । १५औँ महाधिवेशनअन्तर्गत कांग्रेसको नगर अधिवेशन असोज ७ गते हुँदैछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement