0Shares

संयुक्त राष्ट्रसंघीय निकाय ‘युनेस्को’ले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपालका अध्यक्ष चट्याङमाष्टरलाई प्रदान गरेको छ ।

संस्थाले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरूमध्ये सर्वोत्कृष्ट ठहरिएकाले यो पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो ।

चट्याङमास्टर सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष एवम्  नेपाली हास्यव्यंग्यका अग्रज हस्ताक्षरका रुपमा परिचित छन । उनको वास्तविक नाम कृष्णमुरारी गौतम हो ।

यो पुरस्कारको राशी बीस हजार अमेरिकी डलर रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement