196Shares

घरभित्रै थुनिबस्दा कहर बढ्न थाल्यो,
यस्तो लाग्छ मान्छेभित्र जहर बढ्न थाल्यो ।

समाचार सुनी गन्छु रोगी कति बढे ?
निको नभै तड्पिएर कति जना मरे ?
खबरसँगै पीडाको त्यो लहर बढ्न थाल्यो,
घरभित्रै थुनिबस्दा कहर बढ्न थाल्यो ।

यो मनका इच्छाहरू कति मार्नु मैले ?
प्रकृतिमा खुल्ला भई हिँड्न पाउनु कहिले ?
चराजस्तै मुक्त उड्ने रहर बढ्न थाल्यो,
घरभित्रै थुनिबस्दा कहर बढ्न थाल्यो ।

196Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement