निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको छ। गएको १४ असारमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको थियो।
तर, आज बसेको आयोगको बैठकले एमाले दर्ता गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। “प्रक्रिया पूरा गरेर निवेदन पेश भएको र दर्ता हुनु नपर्ने कारण नभएकाले नेकपा एमाले दर्ता भएको छ”, श्रेष्ठले भने। आयोगमा दर्ता भएको एमालेले चुनाव चिन्ह भने पहाडमाथि उदाउँदै गरेको सूर्य पाएको छ।
दल दर्ताका लागि पेश गर्दा नै यो चुनाव चिन्ह माग गरिएको थियो। सत्तारुढ दल नेकपाको चुनाव चिन्ह सूर्य छ। तत्कालीन एमालेको निर्वाचन चिन्ह सूर्य थियो।
दर्ता भएको दलका अध्यक्ष भने शान्ता तिवारी छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला एमाले दर्ताका लागि आवेदन परेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा दल दर्ता भएको भन्दै उनी इतर नेताहरुले आरोप लगाएका छन्। तर, प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भने आरोप अस्वीकार गर्दै आएका छन्।
https://www.himalkhabar.com/news/117358
सम्बन्धित खवर
-
चितवन,असोज ११- चितवनको ...
-
चितवन- नेपाली काँग्रेसको १५औँ ...



















