620Shares
रामनगर, २ माघ । रामनगर माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न सुरु गरेको महायज्ञको आज बिहीबार प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले उद्घाटन गरेका छन् ।
विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले महायज्ञ लगाईएको हो ।
महायज्ञको उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलले विद्यालयबाट थालिएको यो अभियानमा सरिक हुन सबैलाई अनुरोध गरे । महायज्ञबाट संकलित रकमले मात्रै विद्यालयको पठनपाठनमा आमूल परिवर्तन आउन नसक्ने भन्दै उनले भौतिक संरचना निर्माणसँगै विद्यालयको पठनपाठनमा पनि दत्तचित्त भएर लाग्नुपर्ने बताए । पोखरेलले सांसद विकास कोषबाट विद्यालयको शैक्षिक उन्नयनको लागि आगामी वर्ष दश लाख रुपियाँ सहयोग गर्ने पनि जानकारी दिए ।
उद्घाटन समारोहमा चितवन क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सभा सांसद एवम् बागमती प्रदेशका शिक्षा, स्वास्थ्य, तथा कृषि समितिका सभापति घनश्याम दाहाल अविनाशले आगामी दिनमा प्राविधिक विषय सबैको रोजाई भएकाले अब अर्को महायज्ञ लगाउन नपर्ने गरी विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका पूर्व प्रधानाध्यापक जीवनाथ पराजुलीले एक लाख पन्ध्र हजार पाँचसय पचपन्न रुपियाँ, भरतपुर महानगरपालिका वार्ड नं. १ का अध्यक्ष जयराम श्रेष्ठले १५ हजार पाँचसय पचपन्न रुपियाँ, सदस्य शुक्रकुमार श्रेष्ठले बीस हजार रुपियाँ र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुष्पराज देवकोटाले १० हजार १११ रुपियाँ सहयोग गरेका थिए । उनीहरुसहित अन्य सहयोगीहरुलाई प्रमुख अतिथिलगायत विद्यालय परिवारले सम्मान गरेको थियो ।
उद्घाटन समारोअघि विभिन्न झाकि सहितको कलश शोभा यात्राले रामनगर बजार  परिक्रमा गरेको थियो ।
अध्यक्ष कुँवरले महानगरपालिका भित्र विद्यालय रहेपनि भौतिक पुर्वधारको कमिले गर्दा स्थानिय विद्यार्थी अन्य विद्यालय जान बाध्य भएको बताए । उनले विद्यार्थीलाई भौतिक सुविधा सम्पन्न विद्यालयमा पढाउन र प्राविधिक शिक्षा पश्चात रोजगारी दिनका लागि महायज्ञ आयोजन गर्न लागिएको जानकारी दिए ।
भरतपुर महानगरपालिका वार्ड नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ नेपाली काँग्रेस चितवनका उपसभापति भूपतिदास सापकोटाले विद्यालयले चालेको शैक्षिक अभियान पूर्ण बनाउन आफूले पनि पूर्ण सहयोग गर्ने बताए ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरीदेखि दश कक्षासम्म पढाई हुँदै आइरहेको छ । महायज्ञ सम्पन्न गर्नका लागि मूल समिति र विभिन्न विषयगत समितिहरुले काम गरिरहेका छन् ।
कक्षा १० सम्म पढाई हुने सो विद्यालयमा २९० जना विद्यार्थी, १६ शिक्षक २ कर्मचारी रहेको विद्यालयका प्रधानाध्यपक शिवप्रसाद लम्सालले जानकारी दिए ।
करिब एक करोड रुपैया आर्थिक संकलन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको महायज्ञबाट रोजगारमूलक प्राविधिक शिक्षा, कक्षा ११ र १२ सञ्चालन, सुविधा सम्पन्न मन्टेश्वरी सञ्चालन, लगाएतका उदेश्यको रहेको प्रधानाध्यापक लम्सालले बताए । महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गरिरहेका छन् । माघ ३ गते देखि ८ गतेसम्म कथा बाचन हुने र माघ ९ भागवतको पुस्तकमा तिलार्पण र १० गते समापन कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग कुँवरले जानकारी दिए ।
620Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement