57Shares

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको अधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वको चयनको पछिल्लोे घटनाक्रमले यहाँको बजार तातेको छ । राजु श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चुननारायण श्रेष्ठले मनोनयन दर्ताको भोलीपल्ट आज शनिवार समिकरण फेरेर अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेको घोषणा गरेका छन् ।
नारायणगढको होटल रेड कार्पेटमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू शाक्यको प्यानलमा रहेको बताए । श्रेष्ठसहित निर्विरोध भएका अन्य उपाध्यक्षहरु भोजराज कौडाल र सुमनकुमार श्रेष्ठले पनि शाक्यलाई समर्थन गरे । यसअघि शाक्यबाहेक सबैजना राजु श्रेष्ठको प्यानलमा रही एकसाथ उद्योगी व्यवसायीसँग मत मागेको देखिन्थ्यो । शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका विष्णु कंडेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुअघिसम्म भएको समीकरण एक दिन पनि टिक्न सकेन । अर्थात् अध्यक्षमा उम्मेदवारी दिएका राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यको प्यानल यतिबेला तितरबितर भएको छ । दुबै प्यानलले उद्योगी व्यवसायीको पक्षमा भन्दै उम्मेदवारी दिएपनि दुबैमा स्पष्ट राजनीतिक धार देखिएको छ । नेकपाले राजु श्रेष्ठलाई समर्थन गरेको छ भने नेपाली काँग्रेसले ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेको छ ।
नयाँ समीकरणसँगै उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षहरुको रोहवरमा एक हप्तामात्रै भएको सहमति संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले तोडेको राजु श्रेष्ठ प्यानलका व्यवसायीले आरोप लगाएका छन् । एक हप्ता अघि मात्रै चुननारायणको उपस्थितिमा पूर्व अध्यक्षहरुले राजु श्रेष्ठलाई अध्यक्ष र चुननारायण श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउने सहमति गरेका थिए ।
गोलापप्रथाद्वारा गरिएको सहमती अनुसार गोलाप्रथा जित्नेले अध्यक्ष र अर्काले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको थियो । गोलाप्रथा गर्दा राजुको भागमा अध्यक्ष र चुननारायणको भागमा वरिष्ठ उपाध्यक्षको पद प्राप्त भएको थियो । यो समहतिलाई अन्तिम ठानी अधिकांशले राजु र चुननारायणलाई हार्दिक बधाई भन्दै सामाजिक सञ्जालमा शुभकामना दिएका थिए । सहमति गराउने पूर्व अध्यक्षहरुलाई उनीहरुले धन्यवाद पनि व्यक्त गरेका थिए । यस्तै सदस्यहरुको मानमर्दन गरेको भन्दै केही उद्योगी व्यवसायी गो गोलाप्रथा प्रणालीका विरुद्ध पनि उभिएका थिए ।
राजनीतिक दवादलाई थेग्न नसकेपछि चुननारायणले शाक्यलाई समर्थन गरेका हुन् । यद्दपि आफूले सहमति अनुसार नै राजु श्रेष्ठको विरुद्धमा अध्यक्षमा उम्मेदवारी नदिएको आशय व्यक्त गरे । उनले राजनीतिक प्रभावमा पूर्व अध्यक्षहरुले घेराबन्दीमा पारी आफूलाई गोलाप्रथामा सहभागि गराइएको आरोप समेत लगाएका छन् ।
निर्वाचन प्रक्रिया अन्तरगत शुक्रबार भएको मनोनयन दर्ताको क्रममा अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवि सुवेदी, वाणिज्य तर्फ सुमन कुमार श्रेष्ठ र वस्तुगत कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल निर्विरोध निर्वाचित भईसकेका छन् ।
उद्योग तर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, इ.कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलबहादुर क्षेत्री, सोमप्रसाद काप्रीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै वाणिज्यतर्फ सदस्यमा आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, ज्ञानुप्रसाद ओझाले उम्मेद्वारी दर्ता गराएका छन् ।
यसैगरि वस्तुगत सदस्यतर्फ इश्वरीप्रसाद खराल, तारानाथ पाठक, दुर्गादत्त कँडेल, धनप्रसाद पोख्रेल, विनोदप्रसाद तिमिल्सिना, शर्मिला न्यौपाने, हेमराज पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । त्यस्तै महिला सदस्यमा समेत निर्वाचन हुने भएको छ । एक जना महिला सदस्यका लागि विमला अधिकारी र रजनी मास्केको उम्मेदवारी परेको छ ।
यसैगरि कर्पोरेट तर्फको सदस्यमा भने राजेन्द्र ओली र शिरिष पन्त, क्षेत्रीय संगठित सदस्यतर्फ मुक्तिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आगामी पौष २८ र २९ गते हुने निर्वाचनमा उद्योग वाणिज्य संघमा नवीकरण गरेका ३७८२ सदस्यले मतदान गर्ने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।

57Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement