205Shares

रामनगर, २४ पुस । रामनगरस्थित रामनगर माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न महायज्ञ लगाउने भएको छ ।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले महायज्ञ लगाउन लागिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
आगामी माघ २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुँवरले जानकारी दिनुभयो ।
अध्यक्ष कुँवरले महानगरपालिका भित्र विद्यालय रहेपनि भौतिक पुर्वधारको कमिले गर्दा स्थानिय विद्यार्थी अन्य विद्यालय जान बाध्य भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई भौतिक सुविधा सम्पन्न विद्यालयमा पढाउन र प्राविधिक शिक्षा पश्चात रोजगारी दिनका लागि महायज्ञ आयोजन गर्न लागिएको बताउनुभयो ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरीदेखि दश कक्षासम्म पढाई हुँदै आइरहेको छ ।
रामनगर माध्यमिक विद्यालय वि.सं. २०१७ पौष १० गते देवघाटको चक्रवर्तीबाट संस्थापकद्वय स्व. जुध्दविलास देवकोटा र स्व. मुक्तिनाथ रिमालको पहलमा रामनगरमा स्थानान्तरण गरिएको हो ।
शैक्षिक विकासको क्रमलाई हेर्दा विद्यालय स्थापनाको ११ वर्षपछि वि.सं. २०२८ सालमा प्रा.वि., २०३७ सालमा नि.मा.वि. र वि.सं. २०५७ सालबाट प्रस्तावित मा.वि.को रुपमा यहाँ अध्ययन हुन थाल्यो ।
विद्यालयमा २०५८ सालबाट एस.एल.सी.मा विद्यार्थीहरु सहभागी हुँदै आएका छन् । हाल विद्यालयमाा १९ औं ब्याचको रुपमा विद्यार्थीहरु परीक्षा दिने तयारीमा छन् ।
विद्यालयमा २०७२ सालबाट के.जी. कक्षा सञ्चालन गरिएको र वि.सं. २०६७ सालबाट शुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठन हाल कक्षा ६ सम्म सञ्चालन गरिएको छ ।
हाल महायज्ञ सम्पन्न गर्नका लागि मूल समिति र विभिन्न विषयगत समितिहरुले काम गरीरहेको सो अवसरमा जानकारी दिईएको थियो ।
कक्षा १० सम्म पढाई हुने सो विद्यालयमा २९० जना विद्यार्थी, १६ शिक्षक २ कर्मचारी रहेको विद्यालयका प्रधानाध्यपक शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
करिब एक करोड रुपैया आर्थिक संकलन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको महायज्ञबाट रोजगारमूलक प्राविधिक शिक्षा, कक्षा ११ र १२ सञ्चालन, सुविधा सम्पन्न मन्टेश्वरी सञ्चालन, लगाएतका उदेश्यको रहेको प्रधानाध्यापक लम्सालले बताउनु भएको छ ।
महायज्ञको कानुन न्याय तथा मानव अधिकार समितिका सभापती एवम् चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्य सांसद कृष्णभक्त पोख्रेलबाट उद्घाटन गर्नुहुने विद्यालयका प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो ।

205Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement