0Shares

काठमाडौं, २७ जेठ ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक खोमराज दाहालसहित ५ जनाबिरुद्ध रौतहटको बागमती नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक दाहाल, डिभिजन कार्यालय बाराका तत्कालीन प्रमुख हिरानन्द झा, तत्कालीन लेखाप्रमुख अरुणकुमार राई, ठेकेदारहरु तेण्डी शेर्पा, जीवन थापा र रेवन्त बस्नेत बिरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुलाई जनही ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
सर्लाही र रौतहट जिल्लामा भारतीय सहयोगमा बनेको वागमती नदी नियन्त्रण आयोजनाको काममा दाहाल र सो कार्यालयका कर्मचारीहरूले ठकेदारसँग मिलेमतो गरी ठेकेदारलाई फाईदा पुयर्याउने काम गरेर ठूलो रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अख्तियारले भारत सरकारको सहयोगमा निर्माण गरिएको वागमती नदी नियन्त्रण योजनाको प्याकेज सी मा ५० लाख ६४ हजार ६ सय २० रुपयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ ।

त्यसैगरी प्याकेज डी मा रु. ३५ लाख २६ हजार गरी गरी कुल ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको अग्रिम भुक्तानी रकम अग्रिम भुक्तानी जमाानतको कायम रहेको म्यादभित्र लापरवाही र बदनियतका साथ बैंकमा दावी नगरेको तथा भुक्तानी लिने ठेकेदार कम्पनीले पनि बदनियतकासाथ सरकारी रकम फिर्ता नगरी खाईमासेको देखिएको अख्तियारको भनाइ छ ।

अख्तियारले निर्माण कम्पनी एमके निर्माण(बज्रगुरु–दि कन्चनजंगा जेभीको जेभी पार्टनर दि कन्चनजंगा निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तेण्डी शेर्पा, निर्माण कम्पनी एमके निर्माण बज्रगुरु–दि कन्चनजंगा जेभीको जेभी पार्टनर एमके् निर्माण सेवा प्रा.लि. का कार्यकारी निर्देशक जीवन थापा, निर्माण कम्पनी एमके निर्माण बज्रगुरु दि कन्चनजंगा जेभीको जेभी पार्टनर बज्रगुरु निर्माण सेवा प्रालिका अध्यक्ष रेवन्त कुमार बस्नेतबिरुद्ध मुद्दा दायर गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement