0Shares
काठमाडौं । पशु कल्याणका लागि सार्थक अभियान भन्ने नाराका साथ परिवर्तन नेपालले ललितपुर र धादिङमा भएका इट्टा उद्योगमा आवाजविहीनहरुको आवाज नाटक प्रदर्शनगरेको छ ।
नाटकमा इट्टा उद्योगमा ढुवानीको लागि प्रयोग गरिने गधा, खच्चर र घोडाको स्वास्थ्य अवस्थ, खानपिन, बसोवबसलगायतका विषयलाई प्राथमिकता दिइएको थियो ।
नाटकको लेखन तथा निर्देशन मोहन निरौलाले गरेका हुन् । नाटकमा सुरज अधिकारी, मुना कार्की, सनम निरौला, राजेन्द्र रावल, साजन श्रेष्ठ र सविन कार्कीको अभिनय रहेको छ । नाटक फागुन ८ गतेबाट सुरु गरिएको हो ।
0Shares
सम्बन्धित खवर
-
जापानको नागोया शहरमा वृहत तीज ...
-
चर्चित कलाकारहरु मनोज गजुरेल , ...



















