जापानको नागोया शहरमा वृहत तीज फेस्टिभल हुने भएको छ। गत वर्षहरुमा कोठा , रेष्टुरेन्ट तथा हलमा तीज कार्यक्रम गरिदा धेरै साँगुरो हुने गरेको हुदाँ यसपालि खुल्ला ठाँउमा तीज फेस्टिभल आयोजना गरिएको समाज सेवामा कृयाशिल व्यक्तित्व दिपक कार्कीले बताए।कार्यक्रम सेप्टेम्बर १ तारिक आईतवार बिहान १० बजे देखि बेलुका ६ बजे सम्म हुने बताईएको छ। उक्त तीज कार्यक्रमको आयोजक संस्था भने The Brothers Entertainment Japan रहेको छ।
कार्यक्रममा सबैलाई प्रवेश निशुल्क रहेको र सबैलाई दर चखाउने कार्यक्रम रहेको आयोजक समितिका सदस्य एवं कलाकार श्याम सितलले बताए । फेस्टिभल लाई बिषेश बनाउन नेपालबाट कलाकारहरु राम्जी खाँड ,समिक्षा अधिकारी, प्रताप दास, रुपा धर्ति मगर आउने पक्का भईसकेको बताईएको छ। अन्य कलाकारहरुको पनि भिषा प्रकृया भई रहेकोले अन्य कलाकारहरु पनि कार्यक्रममा आउने एनआरएनए नागोयाका सह – संयोजक समेत रहेका योवन देवानले जानकारी दिए।फेस्टिभलमा नेपाली रेस्टुरेन्टहरु र नेपाली सामानका स्टलहरु समेत रहने छन्। कार्यक्रम गत नेपाली फेस्टिभल भएको स्थान नागोयाको Naka ku, 3 chome – 31 sakae हुने बताईएको छ।
त्यस्तै कलाकारहरु राम्जी खाँड ,समिक्षा अधिकारी, प्रताप दास, रुपा धर्ति मगर लगाएत कलाकारहरुले जापान भरि नै जीजको अवशरमा प्रस्तुति दिने भएका छन् । जस अनुसार ओकिनावामा अगष्ट ३० तारिक, नागोयामा सेप्टेम्बर १ तारिक, होक्काईडोमा सेप्टेम्बर २ तारिक , उसोनोमिया सेप्टेम्बर ३ तारिक , सिजोओकामा सेप्टेम्बर ४ तारिक र टोकियोमा सेप्टेम्बर ५ तारिक तीज कार्यक्रम हुने बताईएको छ।
सम्बन्धित खवर
-
चितवन, असोज १७- चितवन राष्ट्रिय ...
-
चितवन, असोज १७- सौराहास्थित ...