45Shares

चर्चित कलाकारहरु मनोज गजुरेल , धिरज राई ,एलिला चौहान लगाएत सहभागीतामा जापानको नागोया शहरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। साथमा जापानमा रहेका कलाकारहरु स्याम शितल , प्रेम राई ,अर्जुन लामा,नाकमाज वेड र पष्ना तामाङको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अनाथ बालवालिका एवं बृद्धाश्रम सहयोगार्थ जापानको नागोयामा नेपालका चर्चित कलाकारहरुको बेजोड सांस्कृतित कार्यक्रम हुने आयोजक द ड्रिम टिम जापानका कार्यक्रम संयोजक निर्मल राईले जानकारी दिए।”1st Namaste Nagoya ” Musican Event – 2024 उक्त कार्यक्रमको प्रवेश शुल्क सामान्य तर्फ २ हजार येन र भिआईपि तर्फ १० हजार येन राखिएको छ।

कार्यक्रम आगामी जुलाई २७ तारिक वेलुका  ३ बजे बाट शुरू हुने बताईएको छ।जापान आएका ६ महिना भन्दा कम समय भएका विद्यार्थी र ६० वर्ष भन्दा माथीका लाई प्रवेश निशुल्क गरिएको छ। त्यस्तै जापान आएका सबै नेपाली विधार्थीलाई ५० प्रतिशत छुटमा टिकट पाउने छन् । त्यस्तै भिजिट भिषामा जापान आएका नेपाली अनि पत्रकारलाई पनि प्रवेश निशुल्क रहेको आयोजक समिति सदस्य रोशन गुरुङ्गले बताए। कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखिने आयोजक द ड्रिम टिम जापानका अध्यक्ष सोनाम दोर्जे शेर्पाले बताए । कार्यक्रमको अधिकांश काम सकिएको उनले बताए।

त्यस्तै कलाकारहरु मनोज गजुरेल , धिरज राई ,एलिला चौहान लगाएत कलाकारहरुले टोकियोको नागानो जिरो हलमा समेत जुलाई २८ तारिक आईतवार बेलुका ५ बजेबाट प्रस्तुति दिने बताइएको छ। टोकियोमा भने पूर्वि नेपाल बिकास सहकार्य केन्द्रले कार्यक्रम आयोजना गरेको हो।

 

45Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement