सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो
0Shares
काठमाडौँ , असोज ३१ –
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । शुक्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
नवलपरासीको गैँडाकोट नगरपालिका ...
-
नेपाल प्रहरीको ३३ औं ...

















