0Shares

कलैया । बाराको प्रसौनी गाउँपालिका वडा नम्वर –६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन्।

साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई उजुरीको आधारमा पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

यसअघि कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा फरक–फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरेको थियो। अदालतले चेक अनादर मुद्दामा रु ३ हजार, कुटपिट मुद्दामा रु २ हजार र आपराधिक लाभ मुद्दामा रु १ हजार जरिवाना तोकेको थियो।

फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए। लामो समयदेखि फरार रहेका कुशवाहा जेठ ११ गते पक्राउ परेका थिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement