0Shares

काठमाडौं, साउन २८-

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहेकी छिन्। निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता नदिएपछि पार्टीको अध्यक्ष रञ्जिता नै कायम हुने भएको हो ।

काठमाडौंमा  भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जितालाई नै अध्यक्ष कायम गरिदिएको छ।

निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले नाउपा अध्यक्ष रञ्जिता नै रहने निर्णय आयोगले गरेको जानकारी दिइन्। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो।

नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियामा स्वतन्त्र उम्मेदवार बनेर जितेपछि मात्रै नाउपामा प्रवेश गरेका थिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement