0Shares

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ ।

सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मङ्गलबार सडक झन बिग्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले जानकारी दिए ।

नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै बाटो अवरुद्ध भएको हो ।

३ दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्टा खुल्टी पनि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले उकालोमा सवारी साधनहरू बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लाग्न थालेको छ । दाउन्नेमा बाटो बिग्रिए पछि सवारी साधनलाई अहिले दुम्किबास र बर्दघाट रोकेर राखिएको छ ।

हिजो र चिप्लोले उकालोमा सवारी साधन पास नै हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । अवरुद्ध सडक खुलाउने प्रयास भई रहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये दाउन्ने केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ ।

१४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम तर्फ ३ किलोमिटर बाटो कालो पत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ । अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा समस्या देखिने गरेको छ ।

यहाँ कल्भर्ड निर्माणको काम नसकिएको कारण बाटो एकतर्फी मात्र रहेको छ । भने कतिपय ठाउँमा ढालनको काम भइरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि ४ ठाउँमा सडक एकतर्फी रहेको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार एउटा सवारी साधन उकालोमा पास हुँन १५/२० मिनेटसम्म लाग्ने गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement