आज एकैदिन सुनको मूल्य २१०० सयले बढ्यो
0Shares
काठमाडौँ, साउन ७-
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि भएसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















