0Shares

२७ असार, काठमाडौं । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहिँ बाढीबाट त कहिँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ।

मधेश प्रदेशले सुख्खा क्षेत्र समेत घोषणा गरेको उल्लेख गर्दै उनले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक राहत सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे।

नेकपा माओवादी केन्द्रकी सांसद मनरुपा शर्माले नारायणघाटदेखि बुटवलसम्मको बाटो अस्तव्यस्त रहेको बताइन् । पानी पर्ने बित्तिकै सडक बाटो भासिने अवस्थाले अन्यत्र पनि समस्या पैदा भएको उनले सुनाइन्।

बाढी र पहिरोका कारण नागरिकको जनजीवन प्रभावित हुन पुगेको भन्दै उनले पनि सरकारको ध्यानाकर्षण गराइन्।

नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले पनि हरेक वर्ष वर्षायाममा नागरिकले सास्ती बेहोर्दै आएको बताइन्।

नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले सरकारले विकास निमाण गर्दा ख्याल गर्न नसकेको बताइन्। ‘के मान्छे मरेपछि मात्रै सरकारको ध्यान पुग्ने हो ?’ सांसद चन्दको प्रश्न छ।

नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली करिडोरमा रहेको अवरोध छिटो हटाउन सरकारसँग आग्रह गरे।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement