0Shares

चितवन, ३० चैत । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विस्तारित स्वास्थ्य सेवा दिने भएको छ । अस्पतालले वैशाख २ गतेदेखि विस्तारित स्वास्थ्य सेवा अन्तर्गत सम्पूर्ण ओपिडि (बहिरंग) सेवा एकै ठाउँबाट शुरु गर्न लागेको हो ।

सिएमसीका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार हरेक दिन दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म विस्तार सेवा दिईने छ । विस्तारित सेवामा बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडि (बहिरंग) सेवामा पाईन सम्पूर्ण सुविधा एकै ठाउँमा पाईने उहाँले जानकारी दिनुभयो ।

निजी तथा सरकारी कर्मचारी, विद्याल तथा क्याम्पसका विद्यार्थी लगायत दिउँसोको समयमा व्यस्त रहनेहरुको गुनासो आएपछि यो सेवा शुरु गरिएको देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “दिउँसोको समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्न समय नहुनेहरुलाई साँझ ४ देखि साँझ ६ बजेसम्म यो सेवा दिन लागेका हौं ।”

विस्तारित सेवामा चिकित्सकीय परीक्षणका अलावा अन्य परीक्षण सेवा पनि पाईने देवकोटाको भनाई छ । उहाँले भन्नुभयो “विस्तारित स्वास्थ्य सेवामा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, एमआरआई, सिटीस्क्यान, ईसिजि लगायत अस्पतालमा उपलब्ध सम्पूर्ण परीक्षण सेवा पनि पाईन्छ ।”

सिएमसी क्यान्सर इन्स्टिच्यूटको दोस्रो तलाबाट यो सेवा दिईने छ । सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने गरी व्यवस्थापन गरिएको उहाँको भनाई छ ।

अति विशिष्टिकृत सेवा सञ्चालन गर्दै आएको सिएमसीले सेवामा विविधिकर गर्दै आएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित सिएमसी क्यान्सर इन्स्टिच्यूट समेत सञ्चालन गरेको छ । जसका कारण सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवा लिन सहज भएको छ । विस्तारित स्वास्थ्य सेवासँगै कार्यालय समयपछि आएर परीक्षण गर्नेहरुका लागि सहज हुने देवकोटाले बताउनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement