0Shares

काठमाण्डाै – वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको छ । ‘एअर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाण्डाैकाे वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । हिजो एक्यूआई दुई सय पुगेको थियो ।

‘एअर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाण्डाै विश्वको प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । देशका विभिन्न ठाउँमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण पनि बढेको बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

बितेको तीन दिनमा देशका तीन सय ६७ ठाउँमा डढेलो लागेको छ । गर्मी बढ्नुका साथै तत्काल पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम अझै धेरै रहेको डढेलोविज्ञ सुन्दर शर्माले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेकोले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा पनि अनिवार्य रूपमा मास्क तथा कालो चस्मा लगाएर निस्कन डाक्टरहरूले सुझाव दिएका छन् ।रासस
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement