0Shares

चितवन, चैत २६- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले आज संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गर्नुभएको हो ।

मेला १५ दिनसम्म चल्नेछ । चैतेदसँैंलाई लक्षित गरी हरेक वर्ष चैत औँसिदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।

जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ । साथै मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा व्यवस्था लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताउनुभयो ।

चैते दसैँमा हजारौंँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

विक्रमबाबा अद्भूत क्षमताका व्यक्ति हुनुहन्थ्यो । उहाँँले जल, जमिन र जङ्गललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका आउनुभएको थियो । विक्रम बाबामा आएर पूजाआजा गरेर स्मरण गरेपछि सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement