0Shares

चितवन,चैत २५-

श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भरतपुर ११ बसेनीमा बन्दै गरेको भवनका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी नै छ । भवनका लागि नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले आफ्नो जन्मदिनको अवसर पारेर ३० हजार सहयोग गरेका छन् । उनले चौतारी चितवनले देशकै पत्रकारहरुको लागि सन्देश जाने गरी भवन निर्माण गर्ने जस्तो अनुकरणीय कार्य गरेको भन्दैं जन्मदिनको अवसरमा हुने फजुल खर्चहरु नगरेर भवनका लागि आर्थिक सहयोग गरेको बताए । उनले पत्रकारहरुको संस्थागत विकासका लागि भवनले टेवा पुग्ने विश्वास लिइएको बताए । उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट भवनका लागि सहयोग जुटाउन भूमिका खेल्ने बताए ।

यस्तै, पत्रकार महासंघ चितवन शाखाले भवन निर्माणका लागि २५ हजार आर्थिक सहयोग गरेको छ । जिल्लामा क्रियाशील पत्रकार सम्वद्ध संघसंगठनहरुको विकासका लागि उनीहरुले आफ्नो भवन बनाउँदा महासंघकोसमेत सहभागिता हुने हिसावले आर्थिक सहयोग गर्ने नीति महासंघले लिएको सचिव दीपेन्द्र अधिकारीले जानकारी दिए । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले २५ हजारको चेक प्रेस चौतारी चितवनलाई प्रदान गरेका थिए । चौतारीको भवनको तेस्रो तला ढलानको तयारी भैरहेको छ । भवनको भूँई तलामा कार्यालय, दोस्रो तलामा हल र तेस्रो तलामा आवासीय कोठाहरु रहनेछन् । समाजसेवी केशव कार्कीले दान गरेको करीव ७० लाख पर्ने जग्गामा चौतारीको देश कै पहिलो भवन बन्दैछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement