37Shares

भरतपुर। प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लक्ष्मीपुर सेवा केन्द्रमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी एवं नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीले बचत, बचत परिचालन र लगानी, विभिन्न कर्जा, डिजिटल बैंकि· र यसबाट हुने संभावित जोखिम न्यूनिकरणका उपायहरुको बारेमा सहभागिहरुलाई जानकारी दिनुभएको छ । पछिल्लो समय सहकारीहरु माथि प्रश्न उठिरहेको समयमा यस्ता कार्यक्रमले सदस्यहरुलाईसहकारीका बारेमा जानकारी गराउनु महत्वपूर्ण भएको उहाँको भनाई छ । उहाँले यस्ता कार्यक्रमले वित्तिय अवस्था बुझन निकै महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँने भएकोले वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमता अभिबृद्धि गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष साधना पोख्रेलले वित्तिय साक्षरता एवं विस्तारित मञ्चका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । सानो सानो समुहमा बस्ने र सदस्यहरूलाई संस्थाको बारेमा जानकारी गराउने उदेश्यले यो कार्यक्रम गरिएको उहाँको भनाई थियो । संस्थाले प्रत्येक वर्ष नीति तथा कार्यक्रम बनाउने र यस्ता समुह समुहमा भएका भेटघाटले सदस्यहरुको मनोभावना अनुसार कार्यक्रमहरु ल्याउन सहज हुने अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

 

पछिल्लो समय सहकारीका साधारण सभाहरुमा सदस्यहरुको उपस्थित कम हुने र सोचे अनुरुप सल्लाह सुझाव पाउँन नसकेका कारण पनि यो कार्यक्रम गरिएको संस्थाका उपाध्यक्ष पुष्पा सुवेदीले बताउनु भयो । सहभागीहरुलाई स्वागत गर्दै उहाँले समुहमा नै गएर सदस्यहरुकै चाहना अनुरुप नीति तथा कार्यक्रम गर्न सकेमा सहकारीप्रति आकर्षण बढ्न सक्ने उहाँको भनाई थियो ।

यो वित्तिय शिक्षा समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुने उहाँको भनाई थियो ।
किन प्रभात दिदी बहिनी सहकारी नै रोज्ने भनेर संस्थाको बारेमा र संस्थाको वित्तिय अवस्थाका बारेमा कार्यालय प्रमुख होमप्रसाद गैरेले प्रस्ट पार्नु भएको थियो । सहकारीमा ४ हजार ५ सय ५६ जना शेयर सदस्य रहेका छन् ।

वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलिका कर्णधार आजका बाल–बालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धी आम्दानी, खर्च र बचतका असल संस्कार, बानी ब्यहोरा, आचरण सिकाउन थालेमा भोलिका दिनमा उनीहरूबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउन सक्ने सचिव मञ्जु रेग्मीले बताउनु भयो।

कार्यक्रममा सहभागि सदस्यहरुले वित्तिय साक्षरता सम्बन्धि ज्ञान प्राप्त गर्न पाउँदा हर्षित बनेका थिए । यस्ता कार्यक्रमले केही न केही ज्ञान प्राप्त गर्न सकेको सहभागिहरुको भनाई थियो ।

37Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement